बुटवल । उत्कृष्ट जित हात पार्दै साविक विजेता लिस्नु युवा क्लब जारी तेस्रो इभोलुशन कप खुला नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
बुधबार भएको तेस्रो क्वाटरफाइनलतर्फ लिस्नुले आदर्श युवा क्लबलाई ४–१ को अन्तरले हराउँदै अन्तिम चारमा प्रवेश गरेको हो । लिस्नुको जितमा विश्व थापा र सुरज चौधरीले समान २–२ गोल गरे । पराजित आदर्शका लागि भने बिकी थापाले एक मात्र गोल फर्काएका थिए ।
खेलमा लिस्नुका गोलकर्ता विश्व थापा म्यान अफ दि म्याच घोषित भए । प्रतियोगिता अन्तर्गत बैशाख २५ गते बिहीबारको अन्तिम क्वाटरफाइनल खेल अर्को दावेदार टोली फर्साटिकर युवा क्लब र योङ ब्वाईज क्लबबीच हुने आयोजकले जानकारी दियो ।
इभोलुशन क्लब अफ बुटवल, तामनगर, रुपन्देहीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,५१,१५१ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ७५,५५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । फाइनल खेल बैशाख २९ गतेका दिन हुनेछ ।