ANFA पथरी शनिश्चरे भेट्रान्स र हाम्रो धरान भेट्रान्स सेमिफाइनलमा
गोलनेपाल

विराटनगर । तेस्रो मिल्स भेट्रान्स गोल्डकप फुटबल प्रतियोगिता २०८२ को सोमबारको पहिलो क्वार्टर फाइनल खेल  मा पथरी शनिश्चरे भेट्रान्स पथरी मोरङ ले २-१ अन्तरले आयोजक मिल्स भेट्रान्स 'बी' विराटनगरलाई  हराउँदै सेमिफाइनल मा प्रवेश गरेको छ।

पहिलो क्वाटर फाइनल खेलको म्यान अफ दि म्याच मिल्स भेट्रान्स आयोजक बी विराटनगर का सागर घिमिरे भएका छन्। त्यसैगरी दोस्रो क्वार्टर फाइनल खेलमा हाम्रो धरान भेट्रान्स फुटबल क्लब धरान ले ३–१ को अन्तर ले कन्काई भेट्रान्स फुटबल क्लब सुरुङ्ग झापालाई हराउँदै सेमिफाइनल मा पुग्न सफल भएको छ। दोस्रो क्वाटर फाइनल खेलको म्यान अफ दि म्याच हाम्रो धरान भेट्रान्स फुटबल क्लब धरान का पदम राई भएका छन् ।

Post Comments