सिद्धिचरण नगरपालिकामा 'मेयर कप प्रथम खुल्ला पुरुष फुटबल प्रतियोगिता–२०८२' सुरु हुँदै (खेलतालिकासहित)
गोलनेपाल

ओखलढुङ्गा । सिद्धिचरण नगरपालिकाको आयोजनामा ‘मेयर कप प्रथम खुल्ला पुरुष फुटबल प्रतियोगिता–२०८२’ आगामी बैशाख ३० गतेदेखि जेठ ३ गतेसम्म सञ्चालन हुने भएको छ। प्रतियोगितामा विभिन्न जिल्लाबाट १० टिमहरूको सहभागिता रहनेछ।

प्रतियोगिता दुई समूह (A र B) मा विभाजन गरिएको छ। समूह A मा अँधेरी नारायणस्थान फुटबल क्लब, खिस्तो युवा समाज मोलुङ–२, जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गा, दुर्गा बस्स गङ, ओखलढुङ्गा र नेचासल्यान गाउँपालिका, सोलुखुम्बु रहेका छन्।

समूह B मा मानेमञ्ज्याङ स्पोर्ट्स क्लब, वलुवाको सोबु, मानेमञ्ज्याङ गाउँपालिका, रुम्जाटार युनाइटेड र सिद्धिचरण नगरपालिका–१२ ओखलढुङ्गा रहेका छन्।

समूह B मा मानेमञ्ज्याङ स्पोर्ट्स क्लब, वलुवाको सोबु, मानेमञ्ज्याङ गाउँपालिका, रुम्जाटार युनाइटेड र सिद्धिचरण नगरपालिका–१२ ओखलढुङ्गा रहेका छन्।

 

Post Comments