ANFA
आयोजक मिल्स भेट्रान्स फाइनलमा

विराटनगर । तेस्रो मिल्स भेट्रान्स गोल्डकप फुटबल प्रतियोगिता २०८२ को छैटौं दिनको दोस्रो सेमीफाइनल खेल मा आयोजक मिलस भेट्रान्स विराटनगर ले २:१ को अग्रतामा विराट भेट्रान्स सुन्दरहरैचालाई हराउँदै आयोजक मिल्स भेट्रान्स फाइनल प्रवेश गरेको छ।
खेलको म्यान अफ दि म्याच आयोजक मिल्स भेट्रान्स का कृष्ण शाक्य भएका छन्। अब आयोजक मिल्स भेट्रान्सले जेठ ३ गते शनिबार हुने फाइनलमा हाम्रो धरान भेट्रान्स, सुनसरीसँग उपाधिका लागि भिड्ने आयोजकले जानकारी दियो ।
मिल्स भेट्रान्स क्लब, बिराटनगर, मोरङको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ७५ हजार हात पार्नेछ भने उपविजेताले ३५ हजार प्राप्त गर्नेछ ।
Post Comments