ANFA
तेस्रो न्यु युथ युनियन कपको खेलतालिका सार्वजनिक

तानसेन । पाल्पाली फुटबलमा नयाँ जग बसाल्ने अभियानका साथ पछिल्लो केही वर्षदेखि निरन्तर हुँदै आएको न्यु युथ युनियन कपको तेस्रो संस्करणको खेलतालिका सार्वजनिक गरिएको छ ।
तानसेन स्थित टुँडिखेल मैदानमा हुने प्रतियोगिताको उद्घाटन खेलमा जेठ ६ गतेका दिन सराई फुटबल क्लब, सराई, पाल्पा र युनाइटेड युथ क्लब, टिन्टीआप, पाल्पा भिड्ने छन् । पाल्पा र रुपन्देहीका गरी कुल १२ टोलीहरु सहभागि प्रतियोगिताको फाइनल खेल जेठ १७ गतेका दिन हुनेछ ।
प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,११,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ५५,५५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।
Post Comments