News प्रथम जागृति कप शुरु, ओमसतियाको विजयी शुरुवात
सुरज राना मगर

सखुवानी । जागृति युवा क्लब, तिलोत्तमा–१५, सखुवानी, रुपन्देहीको आयोजनामा साउन १० गते शनिबारदेखि प्रथम जागृति कप खुला सेभेन ए साईड फुटबल प्रतियोगिता शुरु भएको छ ।

उद्घाटन खेलमा ओमसतिया फुटबल क्लबले विजयी शुरुवात गर्यो । मधवलिया माविको खेलमैदानमा भएको खेलमा ओमसतियाले एमबी ब्रदर्श फुटबल क्लबलाई टाईब्रेकरमा ३–२ ले पराजित गर्यो । निर्धारित समयको खेल दुवै टोलीले रोमाञ्चक १–१ गोलको बराबरी खेलेपछि टाईब्रेकरमा ओमसतिया विजयी बनेको हो ।

त्यसअघि प्रतियोगिताको उद्घाटन कार्यक्रमका प्रमुख अतिथी तिलोत्तमा नगरपालिका वार्ड नम्बर १५ का वार्ड अध्यक्ष तथा युवा समाजसेवी, खेल अभियन्ता खेमराज गुरुङ (मुन्ना) ले गरेका थिए ।

यही साउन २४ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले उपाधिसहित नगद ४० हजार हात पार्नेछ भने उपविजेताले २० हजार प्राप्त गर्नेछ कार्यक्रम संयोजक अस्विन गुरुङले बताए । त्यस्तै विधागततर्फ पनि उचित पुरस्कारको व्यवस्था गरिएको अर्का सह–खेल संयोजक रोशन थापाले जानकारी दिए ।

Post Comments