News फराकिलो हारसँगै नेपालको चुनौती समाप्त
गोलनेपाल

काठमाडौं । आफ्नो अन्तिम तथा निर्णायक खेलमा फराकिलो हार बेहोर्दै नेपाल एएफसी यु-२० महिला एसियन कप छ्नौटको समूह चरणबाटै बाहिरिएको छ ।

आइतबार समूह ए तर्फको जित्नै पर्ने खेलमा नेपालले दावेदार तथा डिफेन्डिङ च्याम्पियन उत्तर कोरियासँग ११-० अन्तरको हार बेहोर्यो ।

यो नतिजापछी ३ खेलबाट शतप्रतिशत जितका साथ उत्तर कोरिया ९ अंक जोड्दै समुहको शिर्ष स्थानमा रहेर अर्को वर्ष थाइल्यान्डमा हुने एएफसी यु-२० महिला एसियन कपका लागि छ्नौट भयो ।

४ अंक जोड्दै नेपाल दोस्रो स्थानमा रह्यो । आइतबार नै भएको समुह चरणको अन्तिम खेलमा आयोजक भुटानलाई २-१ ले हराउँदै ३ अंकका साथ साउदी अरेबिया समूह ए को तेस्रो स्थानमा रह्यो भने १ अंक मात्र जोडेको भुटान पुछारमा रह्यो ।

समूह ए बाट नेपालसँगै साउदी अरेबिया र भुटान पनि एसियन कपको छ्नौट प्रतियोगिताबाट बाहिरिन बाध्य बने ।

Post Comments