South Asia
विमलाको नाकमा चोट, शल्यक्रिया गर्नुपर्ने
गोवा (भारत) । महिला साफ च्याम्पियनसिप २०२६ मा बंगलादेशविरुद्ध बुधबारको सेमिफाइनल खेलमा घाइते भएकी डिफेन्डर विमला विकको शल्यक्रिया गर्नु पर्ने चिकित्सकले बताएका छन् । खेल सकिने बित्तिकै उनलाई गोवाको भिक्टोर अस्पताल लगिएको थियो । अखिल नेपाल फुटबल संघ (एन्फा)का प्रवक्ता तथा नेपाली टिमका फ्रमुख सुरेश शाहका अनुसार अस्पतालका चिकित्सकले शल्यक्रिया गर्नु पर्ने बताएका हुन् ।
शल्यक्रिया भने बिहीबार मात्र हुनेछ । तर, यसका लागि एसियाली फुटबल महासंघ (एएफसी)का चिकित्सकसँग थप छलफल गरिनेछ । भिक्टोर अस्पतालका चिकित्सकका अनुसार विमलाको नाकको एउटा हड्डी र नली भाँच्चिएको छ ।
पण्डित जवाहरलाल नेहरु स्टेडियममा भएको खेलको अन्त्यतिर विमला र समीक्षा घिमिरेको टाउको आपसमा ठोक्किएको थियो । त्यसक्रममा दुबैजना मैदानमा लडेका थिए । तर, रेफ्री ओम चुकीले भने खेल रोकेकी थिइनन् र त्यसमै बंगलादेशले निर्णायक गोल गरेको हो ।
Post Comments
Related News
- तुम्बेवामा फुटबलको उत्सव : पुरुषतर्फ फक्ताङलुङ र महिलातर्फ मौवा च्याम्पियन
- तुम्बेवामा फुटबलको महाकुम्भ : पुरुषतर्फ सुम्निमा पारूहाङ र फक्ताङलुङ उपाधि भिडन्तमा, महिलातर्फ मौवा र हाङ्गुम फाइनलमा
- तुम्बेवा गाउँपालिका अध्यक्ष कपको सेमिफाईनल समिकरण पूरा
- तुम्बेवा गाउँपालिका अध्यक्ष कपः सुम्निमा पारूहाङ र तुम्बेवा ३ मौवा सेमिफाईनलमा प्रवेश
- पॅाचथरको तुम्बेवामा अध्यक्ष कपको रौनक : आयोजक पहेलोको विजयी सुरूवात