News आयोजक सखुवानी जागृतिलाई उपाधि
सुरज राना मगर

सखुवानी । सखुवानी जागृति युवा क्लब, तिलोत्तमा–१५, सखुवानी, रुपन्देहीको आयोजनामा सम्पन्न प्रथम जागृति कप खुला सेभेन ए साईड नकआउट फुटबल प्रतियोगिताको उपाधि आयोजक सखुवानी जागृतिले नै जितेको छ ।

मंगलबार सम्पन्न फाइनलमा सखुवानी जागृतिले ओमसतिया फुटबल क्लबलाई टाईब्रेकरमा हराउँदै उपाधि जित्न सफल भएको हो । मधवलिया माविको खेलमैदानमा निर्धारित समयको खेल गोलरहित बराबरीमा टुंगिएपछि टाईब्रेकरमा सखुवानी जागृतिले ३–२ को जित निकाल्दै उपाधि उचाल्न सफल भयो ।

विजेता बनेको सखुवानी जागृतिले उपाधिसहित नगद ४० हजार हात पार्यो भने उपविजेता ओमसतियाले २० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्यो । विधागततर्फ ओमसतियाका प्रतिक गुरुङ प्रतियोगिताको सर्वश्रेष्ठ खेलाडी चुनिए । त्यस्तै सखुवानी जागृतिका अनुप थापा उत्कृष्ट गोलरक्षक बन्दा सर्वाधिक गोलकर्ताको पुरस्कार पनि सखुवानी जागृति कै मिलन आलेले हात पारे ।

विजेता तथा उपविजेता खेलाडीहरुलाई समापन कार्यक्रमका प्रमुख अतिथी तिलोत्तमा नगरपालिका वार्ड नम्बर १५ का वार्ड अध्यक्ष खेमराज गुरुङ, वार्ड नम्बर १५ का वार्ड सदस्य घनश्याम थापा, आयोजक सखुवानी जागृति युवा क्लबका अध्यक्ष झक गुरुङ, मधवलिया माविका प्रधानाध्यापक शेर बहादुर कुँवर तथा जागृति आमा समुहकी अध्यक्ष कमला पुन लगायतले पुरस्कृत गरेका थिए ।

Post Comments