सुनवल । नवलपरासी कै फुटबलमा व्यस्त युवा खेलाडीहरुद्वारा स्थापित सुनवल फुटबल क्लब, सुनवल, नवलपरासीको आयोजनामा आउँदो भदौ ५ गतेदेखि प्रथम स्मृति कप खुला सेभेने ए साईड फुटबल प्रतियोगिता हुने भएको छ ।
सुनवल–१, नवलपरासी स्थित बनाहा खेलमैदानमा हुने प्रतियोगिताको टिमदर्ता पनि खुला गरिएको प्रचार प्रसार संयोजक सबी गुरुङले जानकारी दिए । साथै टिमदर्ता शुलक ३००० तोकिएको पनि उनले बताए ।
प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३० हजार हात पार्नेछ भने उपविजेताले २० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने खेल संयोजक एलिस मगरले जानकारी दिए । त्यसबाहेक विधागततर्फ पनि उचित पुरस्कारको व्यवस्था गरिएकाले संयोजक मगरले बताए ।
प्रतियोगिता सानो नै भए पनि स्थानीय र युवा खेलाडीहरुले फुटबल खेल्ने अवसर पाउन भनेर प्रतियोगिता आयोजन ागर्न लागिएको आयोजकले जनाएको छ । साथै प्रतियोगिता भव्यताका साथ सम्पन्न गर्न सबैको साथ, सहयोग र हौसलाको पनि अपेक्षा गरिएको प्रचार प्रसार संयोजक सबी गुरुङले बताए ।