News दोस्रो गौतम बुद्ध कपको तयारी पूरा, खेलतालिका पनि सार्वजनिक
सुरज राना मगर

पिपरीचापा । आउँदै गरेको हरितालिका (तीज) को अवसर पारी गौतम बुद्ध सामुदायिक विकास केन्द्र, कञ्चन गाउँपालिका–५, पिपरीचापा, रुपन्देहीको आयोजनामा हुने दोस्रो गौतम बुद्ध कप नाइन ए साईड खुला नकआउट फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ ।

बिहीबार आयोजकले पत्रकार सम्मेलनको आयोजना गरी खेलतालिका सार्वजनिकसहित प्रतियोगिताको तयारी पूरा भएको कुरा जानकारी गराएको हो । कञ्चन–५, पिपरीचापा स्थित आयोजक संस्था कै खेलमैदानमा हुने प्रतियोगितामा रुपन्देही र कपिलवस्तुका गरी कुल १६ टोलीहरुले सहभागिता जनाउने खेल संयोजक रोशन पुनले बताए ।

पत्रकार सम्मेलनमा प्रतियोगिताबारे प्रचार प्रसारका काम, मैदान व्यवस्थापनका काम, प्रायोजक व्यवस्थापनकका कामहरु ल गायत भौतिक, आर्थिक तथा प्राविधिक कार्यहरुको तयारी पनि सम्पन्न भईसकेको खेल संयोजक रोशन पुनले जानकारी दिए । साथै प्रतियोगिता यसपटक पनि भव्य बनाउने योजना रहेको उनले सुनाए ।

उता आयोजक क्लबका अध्यक्ष कमल दर्जीले समाज विकासको उत्थान र खेलकुद प्रवद्र्धनका लागि प्रतियोगितालाई यस वर्ष पनि निरन्तरता दिएको बताए । अध्यक्ष दर्जीले प्रतियोगिता सम्पन्न गर्न सबैको साथ र सहयोग मिलेको बताउँदै गौतम बुद्ध कपले रुपन्देहीको फुटबलमा फरक छाप छाड्ने विश्वास समेत व्यक्त गरे ।

प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,११,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ६६,६६६ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजक संस्थाका अध्यक्ष कमल दर्जीले बताए । त्यसबाहेक विधागततर्फ पनि उचित पुरस्कारको व्यवस्था गरिएको उनले जानकारी दिए । प्रतियोगिताको फाइनल खेल भदौ १० गतेका दिन हुनेछ ।

खेलतालिका हेर्नुहोसः

 

Post Comments