News सन्दिप निर्णायक बन्दा सराई सेमिफाइनलमा
सुरज राना मगर

बगनाशकाली । सराई फुटबल क्लब यहाँ बगनाशकाली गाउँपालिका–१, घोरबन्दा, पाल्पामा जारी तीज स्पेशल कप खुला नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा  प्रवेश गर्ने सातौं टोली बनेको छ ।

मंगलबार भएको प्रिक्वाटरफाइनलतर्फ सराईले योङ ब्वाईज क्लबलाई १–० ले हराउँदै अन्तिम चारमा स्थान बनाएको हो । सराईको जितमा कप्तान सन्दिप श्रेष्ठले एक मात्र निर्णायक गोल गरे ।

निर्णायक गोलकर्ता सराईका सन्दिप श्रेष्ठ नै खेलको म्यान अफ दि म्याच चुनिए । प्रतियोगिता अन्तर्गत भदौ ४ गते बुधबारको दोस्रो क्वाटरफाइनल आयोजक नव जागृति युवा क्लब (सेतो) र एमएमसी बीच हुने खेल संयोजक हरि सिंह गाहाले जानकारी दिए ।

नव जागृति युवा क्लब, बगनाशकाली–१, घोरबन्दा, पाल्पाको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ८० हजार हात पार्नेछ भने उपविजेताले ४० हजार प्राप्त गर्नेछ । फाइनल खेल भने यही भदौ १० गतेका दिन हुनेछ ।

Post Comments