बगनाशकाली । एकतर्फी जित निकाल्दै दमकडा ब्रदर्श फुटबल क्लब यहाँ जारी तीज स्पेशल कप खुला नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
प्रतियोगिताको तेस्रो क्वाटरफाइनलतर्फ दमकडाले पाल्पा फुटबल एकेडेमीमाथि ७–० को उकतर्फी जित निकाल्दै अन्तिम चारमा स्थान बनाउन सफल भएको हो ।
कोठीचौर खेलमैदानमा भएको खेलमा दमकडाका लागि राज थापाले ह्याट्रिक गरे । त्यस्तै थप गोल भने शिव सोमै, धिरेन थापा, महेश शाही र जिवन दर्लामीको नाममा रह्यो ।
खेलको म्यान अफ दि म्याच पनि दमकडाका ह्याट्रिककर्ता राज थापा चुनिए । प्रतियोगिता अन्तर्गत भदौ ६ गते शुक्रबारको अन्तिम क्वाटरफाइनल खेल युनाइटेड युथ क्लब र प्रकृति युवा क्लबबीच हुने खेल संयोजक हरि सिंह गाहाले जानकारी दिए ।
नव जागृति युवा क्लब, बगनाशकाली–१, घोरबन्दा, पाल्पाको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ८० हजार हात पार्नेछ भने उपविजेताले ४० हजार प्राप्त गर्नेछ । फाइनल खेल भने यही भदौ १० गतेका दिन हुनेछ ।