News फङफङदेन झरना कप: नाल्बु र तोक्मेगोला सेमिफाइनलमा
गोलनेपाल

मिक्वाखोला । ताप्लेजुङको मिक्वाखोला ४ सॉवा तेम्बामा जारी फङफङदेन झरना पर्यटन तथा सॉस्कृतिक मेला २०८२ आमन्त्रित पुरूष फुटबल प्रतियोगितामा डिफेन्डिङ च्याम्पियन ग्रीन भ्याल्ली युथ क्लब मेरिङदेन नाल्बु र हिमाली तोक्मेगोला पापुङले विजयी सुरूवात गरेका छन ।

सोमबार सम्पन्न पहिलो क्वाटर फाइनलमा आयोजक फङफङदेन झरना पर्यटन विकास समितिलाई पेनाल्टि सुट आउटमा ४-१ गोल अन्तरले पराजित गर्दै नाल्बु प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको हो ।

निर्धारित समयमा दुवै टिमबाट एक एक गोलको बराबरी भएपछि नतिजा पेनाल्टि सुट आउट मार्फत निकालिएको थियो । खेलको म्यान अफ दि म्याच नाल्बुका योगेन केदेम घोषित भए ।

त्यस्तै सोमबार नै सम्पन्न दोस्रो क्वाटर फाइनलमा संघर्ष स्पोर्टिङ क्लब फुङलिङ ताप्लेजुङलाई ४-३ गोल अन्तरले पराजित गर्दै हिमाली तोक्मेगोला पापुङले सेमिफाइनलमा स्थान पक्का गरेको हो ।

खेलको म्यान अफ दि म्याच हिमाली तोक्मेगोलाका पवन लिम्बु घोषित भए । दुबै खेलका म्यान अफ दि म्याचले तीन हजार बराबरको १ के जी अलैची प्राप्त गरे ।

मेलाको तेस्रो दिन मंगलबार क्वाटर फाइनलका बाकी दुइ खेल हुनेछन । तेस्रो क्वाटर फाइनलमा गणेशचोक टिम पॅाचथर र फेदाप गाउॅपालिका तेह्रथुम बिच प्रतिस्पर्धा हुनेछ ।

अन्तिम क्वाटर फाइनलमा मानाभरा युथ स्पोर्टिङ क्लब खेजिनिम ताप्लेजुङ र रेड डेभिल्स फुटबल क्लब इलाम भिडनेछन । खेलकुदको माध्ययमबाट स्थानीय उत्पादन तथा पर्यटन पर्वद्धन गर्ने मुख्य उद्येस्यका साथ आयोजना गरिएको मेला मंसिर ११ गते सम्म सन्चालन हुनेछ ।

प्रतियोगिताको विजेताले ३ लाख २०८२ रूपैया बराबरको अलैची र उपबिजेताले १ लाख ५२ हजार ८२ रूपैया बराबरको अलैची प्राप्त गर्नेछन ।

 

Post Comments