News देवदह वार्ड कपः वार्ड नम्बर २ फाइनलमा
सुरज राना मगर

खैरेनी । एकतर्फी जितका साथ वार्ड नम्बर २ रुपन्देहीमा जारी देवदह वार्ड कप नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

आइतबरा भएको पहिलो सेमिफाइनलतर्फ वार्ड नम्बर २ ले वार्ड नम्बर ३ लाई ६–१ को फराकिलो अन्तरले हराउँदै फाइनलमा स्थान बनाएको हो । वार्ड नम्बर २ का लागि ६ गोल नै दिवस रानाको नाममा रह्यो भने पराजित वार्ड नम्बर ३ का लागि आयुष मगरले गरे ।

खेलमा वार्ड नम्बर २ का दिवस राना म्यान अफ दि म्याच चुनिए । प्रतियोगिता अन्तर्गत पुष ७ गते सोमबारको दोस्रो सेमिफाइनल खेल वार्ड नम्बर ९ र वार्ड नम्बर १० बीच हुने खेल संयोजक यम पचभैया मगरले जानकारी दिए ।

वडा खेलकुद विकास समिति, देवदह नगरपालिका–२, रुपन्देहीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५० हजार हात पार्नेछ भने उपविजेताले ३० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजक समितिका अध्यक्ष नारायण शर्माले जानकारी दिए । फाइनल खेल पुष ९ गतेका दिन हुनेछ ।

Post Comments