News
सागका लागि नेपाली महिला फुटबल टोलीको घोषणा

नेपालमा आयोजना हुन गईरहेको १३औं दक्षिण एसियाली खेलकुद (साग) का लागि मुख्य प्रशिक्षक हरि खड्काले नेपाली महिला फुटबल टोलीको फाइनल स्क्वाड घोषणा गरेका छन् ।
दक्षिण एसियाली खेलकुदको कुम्भमेला नेपालमा यहि आउँदो मंसिर १५ गतेदेखि काठमाडौं र पोखरामा आयोजना हुँदैछ । यस्तो छ, नेपाली महिला फुटबल टोलीको फाइनल स्क्वाड :–
गोलकिपर्स: एन्जिला तुम्बापो सुब्बा, अन्जना राना मगर, उषा नाथ
डिफेन्डर्स: गीता राना, पुनम जर्घा मगर, अमृता जैसी, हिरा कुमारी भुजेल, कविता धिमाल, मनमाया लिम्बु, पुजा राना
मिडफिल्डर्स: रेनुका नगरकोटी, दिपा राई, सरु लिम्बु, इन्दिरा राई, अनिता बस्नेत, मन्जली कुमारी योन्जन, बिमला चौधरी
फरवार्डस: साबित्रा भण्डारी, निरु थापा, अनिता केसी
Post Comments
Related News
- विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ सेमिफाइनलमा
- मकवानपुर महिला गोल्डकपको सर्वश्रेष्ठ खेलाडीले पाउने पुरस्कार प्रायोजन पूर्व राज्यमन्त्री बानियाँले गर्ने
- बागमती प्रदेश मुख्यमन्त्री कप महिला फुटबल प्रतियोगिता हुँदै
- तेश्रो एबिसी राष्ट्रिय भेट्रान्स कपः ढोलाहिटीको बिजयी शुरुवात
- अन्जनाको नयाँ गन्तव्य एपिएफ