News पूर्व राष्ट्रिय टिमका कप्तान हरि खड्काको भोगाइ र फुटबल जीवन
गोलनेपाल

पूर्वी नेपालको फुटबलको उर्वरा भूमी मानिने झापा जिल्लाको चन्द्रगढीमा बाबु ललित बहादुर खड्का र आमा ज्ञानु माया खड्काको जेठो छोराको रुपमा वि.सं. २०३२–११–२८ गते फुटबलको लागि हरि खड्काको जन्म भएको हो । उनी बल्यकालमा निकै चनचले स्वभावका थिए । उनका एक भाइ र एक बहिनी छन् ।

खड्काको औपचारिक शिक्षा चन्द्रगढीको विरेन्द्र माध्यमिक विद्यालयबाट भएको थियो । उनको पढाइ ७,८ कक्षा सम्म पढ्दा राम्रो रहेता पनि एस.एल.सी मा भने उनले कम्पाटबाट मा.वि. लेबलको पढाइ पुरा गरेको थिए ।

सानै उमेर देखि राम्रो फुटबल खेल्ने खड्कालाई परिवारबाट त्यती राम्रो सपोट मिलेको थिएन । घरबाट आमा, बाबुलाई थाहा नदिही धेरै ठाउँ खेल्न पनि गाको कुरा खड्का बताउछन ।

यसरी नै खेल्ने क्रममा वि.सं. २०४८ सालमा झापाको मुनाल क्लबबाट खेलेका खड्काले मुनाल च्यालेनज कपको विजेता र त्यस प्रतियोगिताको बेस्ट पिलयर हरि खड्का भएका थिए भने नेपालको प्रसिद्ध रेडियो, रेडियो नेपालबाट “ललित बहादुर खड्काको छोरा हरि खड्काले मुनाल च्यालेनज कपको बेस्ट पिलयरको अवार्ड प्राप्त गर्यो” भनेर प्रसारण गर्दा बाबुको नाम आएको हुदाँ त्यस पछि हरि खड्कालाई परिवारबाट पनि फुटबल खेल्न सपोट हुन थालेको थियो ।

सन १९९३ मा सानमिगल युथ कपको लागि झापा जिल्लाको यु–१६ मा पर्दै उनको राम्रो प्रदर्शनले त्यती खेर जर्मनको Portas Football School मा ४५ दिनका लागि फुटबल सिक्नका लागि स्कलरशिप पाएका थिए । त्यस पछी उनी नेपाल आए पछि उनलाई गणेश राज भण्डारीले फुटबलको माथिल्लो स्थर सम्म पुर्याउनमा ठुलो मद्दत पुर्याएका थिए ।

वि.सं. २०५२ सालमा नेपाली फुटबलको चिरपरिचित क्लब न्यु रोड टिम (NRT) मा एक वर्ष आबद्ध हुदाँ उनले त्यही वर्ष सहिद स्मारक ए डिभिजन लिग जित्दा हरि खड्काको पनि महत्वपूर्ण भूमिका रहेको खड्काको झापाको चन्द्रगढीबाट सुरु भएको फुटबल यात्राले गति तथा व्यावसायिकताको राजमार्ग समातेको थियो ।

यस पछि वि.सं. २०५३ साल देखि हरि खड्का विभागीय टिम नेपाल पुलिस क्लबमा १३ वर्ष आफ्नो खेल जिवन बिताएभने ६,७ वर्ष उनले व्यवस्थापकको समेत भूमिका निर्वाह गरेका थिए । उनले एक दशक भन्दा बढी नेपाल पुलिसबाट खेल जिवन बिताउदै गर्दा धेरै प्रतियोगिता जितेका छन ।

अग्रपंक्तिको भागमा खेल्दा हरि खड्काले पुलिसमा गोल नगरेको खेल बिरलै हुन्थे । लेफ्ट राइत दुवै खुट्टा चल्ने तीव्र गतिमा बल अघि बढाउने र साघुरो ठाउँबाट पनि गोल गर्न सक्ने खड्काका विशेष खुबी थिए । उच्च लयमा हुदाँ ३/४ जनालाई आँखा नदेख्ने हरि खड्काको खुट्टाबाट गोल खोस्न विपषलाई निकै हम्मेहम्मे नै हुन्थ्यिो ।

नेपाल पुलिस क्लबबाट खेल्दा घरेलु प्रतियोगिताहरु आहा रारा गोल्डकप, बुढासुब्बा गोल्डकप, बड्डे गोल्डकप, हिरेन्द्र गोल्डकप, त्रिभूवन गोल्डकप, तित्तोतम गोल्डकप, महेन्द्र गोल्डकप र माईभ्याली गोल्डकप खेली सकेका खड्काले पुलिसका लागि पनि घरेलु प्रतियोगिताहरु जिताएका छन ।

१३ वर्ष सम्म नेपाल पुलिस क्लबमा रहेका हरि खड्का सन १९९५ देखि २००७ सम्म लगातार राष्ट्रिय जर्सीमा नेपाली अन्तर्राष्ट्रिय खेलाडीको अनुभव बोकेका थिए । पुलिसबाट अनगिन्ति खेलहरु खेलेका साथै राष्ट्रिय टिमबाट पनि धेरै खेल खेलेका खड्काले दक्षिण एसियाका भारत, भूटान, पाकिस्तान, बङ्गलादेश र श्रीलङ्कासंग खेलि सकेका थिए । यी बाहेक अफगानस्थान, जापान, कोरिया, ओमन र युएईसंग पनि खेलेको अनुभव उनीसंग छ । राष्ट्रिय टिममा रहदा उनले कप्तानको समेत भूमिका निर्वाह गरेका थिए ।

फुटबल खेल्दै गर्दा वि.सं. २०५८ सालमा उनको विवाह भयो । उनका छोराको नाम पनि फ्रान्सली फुटबलर खेलाडीको नामबाट हेनरी(Henry) राखिएको हो । अहिले हरि खड्का नेपाली महिला राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षकका रुपमा रहेका छन । आफु खेलाडी हुदाँ र अहिले प्रशिक्षक हुदाँ अलिक भिन्न रहेका कुरा बताउछन ।

१२ वर्ष राष्ट्रिय टिमका लागि खेल्दा उनले धेरै कुराको अनुभुती गरेका छन । आफुले खेल्न सके सम्म राष्ट्रका लागि खेल्ने र पछि सन्यास लिईसके पछि सरकारले राष्ट्रिय खेलाडीहरुलाई पनि केही गर्नुपर्छ भन्ने कुरामा जाहेज छन खड्का । कुनै पनि खेलका राष्ट्रिय खेलाडी खेल्दा खेल्दै विदेश पलाएन हुने कुरामा हरि खड्का निकै दुखित भएको बताउछन ।

यसका लागि खेलाडीहरुलाई खेल्नका लागि सरकारले उचित वातावरण बनाउनु पर्छ । खेलाडीहरु खेल बाहेक उनीहरुसंग अरु केही कुराको सिप हुदैन । सारा जिवन खेलकै लागि सुम्पिदिएका हुदाँ स्थानीय स्थरकै सरकारबाट विशेष पहल हुनुपर्छ । त्यसका लागि सरकारले खेलाडीको सेवा सुबिधा बाहेक शिक्षा, स्वास्थ्य, यातायातमा बढी ध्यान दिनुपर्छ , खड्का बताउछन ।

राज्यले खेलकुदलाई हेर्ने दृष्टिकोणमा पहिले कुरो परिवर्तन गर्नुपर्छ, खेलकुद नै यस्तो क्षेत्र हो जसले अन्तर्राष्ट्रिय स्तरमा देशको पहिचान गर्छ । खास गरी खेलकुदमा राज्यको त्यती लगानी नभएकोले गर्दा सम्पूर्ण खेलाडी नै पिडामा छन । खेलाडीले आफ्नो समय खेलकुदलाई दिएको हुन्छ, जसले गर्दा शिक्षालाई निरन्तरता दिन पाउदैन । खेलाडीहरुले अन्तर्राष्ट्रिय प्रतियोगिताको आधारलाई नै एउटा एकेडेमी सार्टिफिकेटपय लेबल मान्दियो भने सहज बाच्ने वातावरण सिर्जना हुन्छ, भन्ने क’रामा मुख्य जोड दिन्छन खड्का ।

‘खेल जीवन हो, स्वास्थ्यका लागि खेल’ भन्दै सरकारले प्रचारप्रसार गरिरहन्छ । तर, त्यसैमा जीवनको ऊर्जाशील उमेर बिताएका खेलाडीलाई हेर्ने कुरामा सरकारले निरनतर कन्जुस्याइँ गर्दै आइरहेको छ । जुनसुकै समुहबाट खेलेका भए पनि खेलाडी भनेका राष्ट्रका सम्पत्ति हुन । उनीहरुलाई राज्यले उचित व्यवस्थापन हुने गरी तलब सुविधाका साथै पेन्सनको सुविधा दिन किन चुकिरहेको छ? राजनीति गरेका व्यक्तिलाई उत्तरार्धमा सुविधामाथि सुविधा दिइन्छ । तर, अन्य क्षेत्रमा योगदान पुर्याएका व्यक्तिप्रति राज्यले गर्ने गरेको यो अनुदान व्यवहार कहिले अन्त्य होला?

हरि खड्का भन्छन, ‘फुटबलमा अहिले करोडौँको बजेत छ । तर, रिजल्ट एकदम कमजोर छ ।’ कसरी सुधार गर्ने त अब फुटबल स्तर? खड्का अब फुटबल स्तर सुधार्न स्थानीय सरकार र प्रदेश सरकारले विशेष कार्यक्रम ल्याउनुपर्ने बताउछन । भनछन, ‘स्थानीय सरकारले राम्रो खेलाडी उतपादन गर्ने र प्रदेश सरकारले उनीहरुको व्यवसायीकरण गरेर राष्ट्रिय एक्सपोजर दिए खेलकुद क्षेत्रमा फड्को मार्न सजिलो छ ।’

आठौँ साफ गेममा फाइनलको यात्रा खड्काकै गोलको कारणले प’गेको र फाइनमा पनि १–० ले डाउन हुदाँ पनि हरि खड्काले हानेको गोल रेफ्रीले नदेको र त्यस गोललाई फलो गरेको भए गोल हुन्थ्यो, यो नै हरि खड्काको खेल जीवनमा सम्झन लायकको क्षण हो ।

Post Comments