झापा जिल्लास्तरीय नकआउट फुटबल प्रतियोगितामा झापा एफसी राजगढ अन्तिम चारमा प्रवेश गरेको छ ।
स्थानीय दीपज्योति खेल मैदानमा शुक्रबार भएको दोस्रो क्वार्टरफाइनल खेलमा जलथल एफसीलाई ३–० गोलले हराउँदै झापा एफसीले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो ।
राजगढका लागि पहिलो हाफको २६औँ मिनेटमा शुभम रायाले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । त्यस्तै, दोस्रो हाफको १७औँ मिनेटमा रोमन तामाङ र २०औँ मिनेटमा गणेश हेमरमले गोल गर्दै टोलीको सेमिफाइनल स्थान पक्का गरेका थिए ।
शुक्रबारको खेलको म्यान अफ दी म्याच राजगढका गणेश हेमरम घोषित भए । उनलाई अर्जुनधारा नगर खेलकुद विकास समितिका संयोजक अर्जुन मेचे र झापा जिल्ला फुटबल संघका सदस्य टेकराज तिलिङले नगद २ हजार पुरस्कार प्रदान गरे ।
कप्तानबारी युवा क्लबको आयोजना जारी प्रतियोगितामा जिल्लाका ८ टिम सहभागी छन् । प्रतियोगिता अन्तरगत शनिबारको खेलमा आयोजक कप्तानबारी युवा क्लबले बिर्तामोड युनाइटेड एफसीसँग प्रतिस्पर्धा गर्नेछ ।
प्रतियोगिताको विजेताले नगद ३० हजार र उपविजेताले नगद २० हजारसहित ट्रफी पाउने आयोजक क्लबका अध्यक्ष श्याम दनुवारले जानकारी दिए ।
- जेठ २४ देखि बिर्तामोड च्यालेन्ज कप, विजेताले १ लाख ११ हजार पाउने
- झिलझिले भेट्रान्सलाई चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको उपाधि
- घरेलु मैदान दुधे रङ्गशालामा आयोजक दुधे भेट्रान्सको दबदबा
- प्रवीन विश्वकर्माको ह्याट्रिक मद्दतमा झिलझिले क्लब, झापामा जारी चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको उपाधि नजिक
- प्रविन विश्वकर्माको ह्याट्रिक मद्दतमा झिलझिले चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको अन्तिम चारमा