इलामको रेडहर्ष एफसीले चौथो प्रदेश १ स्तरीय रोलिङ च्यालेञ्ज कपमा विजयी सुरुवात गरेको छ ।
धुलाबारी माविको खेल मैदानमा शनिबारदेखि सुरु प्रतियोगितामा सुनसरीको न्यू स्टार एफसीलाई २-१ गोल अन्तरले पराजित गर्दै रेडहर्षले सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो । खेलको तीनवटै गोल दोस्रो हाफमा सम्भव भएको थियो । पहिलो हाफ गोलरहित बराबरीमा टुंगिए पनि दोस्रो हाफको खेल रोमाञ्चक बन्यो । जीतका लागि इलामलाई पहिलो गोल पेनाल्टी सुटमार्फत मिलेको थियो । सुनसरीका दिनेश राईले वान भर्सेज वानमा इलामका हरि सिटौलालाई पेनाल्टी एरियामा फाउल गरेपछि पेनाल्टीको अवसर इलामले पायो ।
दोस्रो हाफका २७औँ मिनेटमा इलामका पासाङ शेर्पाले गोल गर्दै टिमलाई अग्रता दिलाए । लगत्तै विकेश लिम्बूले इलामका लागि दोस्रो गोल गरे । ३२औँ मिनेटमा विकेशले विपक्षी गोलरक्षक पारस कटुवाललाई विट गर्दै आकर्षक गोल गरे । अग्रता दोब्बर बनाएको इलामका लागि भने खेल सकिन ६ मिनेट बाँकी रहँदा दुर्भाग्य रह्यो । हरि सिटौलाले गोल लाइनबाट बल क्लियर गर्ने क्रममा आत्मघाती गोल गर्न पुगे ।
खेलको म्यान अफ दी म्याच इलामका माल्दिना आङथुपो घोषित हुँदै नगद ५ हजार पाउन सफल भए ।
रोलिङ क्लब धुलाबारीको आयोजनामा भएको खेलमा भोलि (आइतबार) शविसताक्षी एफसी झापा र पथरी एफसी बीच खेल हुनेछ ।
प्रतियोगितामा ८ टिम सहभागी छन् । प्रतियोगिता विजेताले नगद २ लाख र उपविजेताले १ लाखसहित ट्रफी पाउनेछ । मेचीनगर नगरपालिकाका मेयर विमल आचार्यको प्रमुख आतिथ्यमा भएको उद्घाटन कार्यक्रममा उपमेयर मीना उप्रेती, एन्फाका वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङ , १० नम्बर वडाध्यक्ष सुदय पनेरुलगायतले आफ्ना भनाइ राखेका थिए । क्लबका अध्यक्ष नोभेम्वर नेम्वाङको अध्यक्षतामा भएको प्रतियोगिताको प्रायोजक वडा नं. १० रहेको छ । कार्यक्रमको सञ्चालन क्लबका सचिव महेश खड्काले गरेका थिए ।
- जेठ २४ देखि बिर्तामोड च्यालेन्ज कप, विजेताले १ लाख ११ हजार पाउने
- झिलझिले भेट्रान्सलाई चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको उपाधि
- घरेलु मैदान दुधे रङ्गशालामा आयोजक दुधे भेट्रान्सको दबदबा
- प्रवीन विश्वकर्माको ह्याट्रिक मद्दतमा झिलझिले क्लब, झापामा जारी चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको उपाधि नजिक
- प्रविन विश्वकर्माको ह्याट्रिक मद्दतमा झिलझिले चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको अन्तिम चारमा