फिदिम नगरपालिका १० स्थित याङनाममा अभ्यासरत ६० जना फुटबल खेलाडीलाई आइतबार एक कार्यक्रमका बीच ट्रयाक सुट वितरण गरिएको छ ।
वैदेशिक रोजगारमा रहेका स्थानीय फुटबलप्रेमीहरुको सहयोगमा खेलाडीलाई ट्रयाक सुट प्रदान गरिएको हो ।
विदेशमा संकलित एक लाख १३ हजार मूल्यबराबरको ट्रयाक सुट वितरण गरिएको फुटबल खेलाडी सुदिश लिम्बूले जानकारी दिए । उनी एपीएफका खेलाडी हुन् ।
१० नम्बरका वडाध्यक्ष वीरहाङ थाम्सुहाङको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा २ जना विपन्न खेलाडीलाई जर्सी पनि प्रदान गरिएको थियो ।
अहिले ८० जना जति १० वर्षदेखि १६ वर्ष उमेर समूहका खेलाडीले स्थानीय इमानसिंह खेलमैदानमा साताको दुई दिन तालिम गरिरहेका छन् । उनीहरुलाई स्थानीय स्तरबाटै सुदिश लिम्बू र उपेन्द्र श्रेष्ठले फुटबल तालिम प्रदान दिँदैछन् ।
यसैबीच, खेलाडीलाई ग्रास रुट तालिम प्रदान गर्नका लागि आवश्यक खेल सामग्रीसँगै जर्सीको अभाव भएकाले उनीहरुले दातासँग सहयोगको अपिल पनि गरेका छन् ।
आर्थिक स्रोत अभावका कारण जर्सी र खेल सामग्री उपलब्ध नहुँदा खेलाडीलाई तालिम दिन असहज भएको बताइएको छ ।
- तुम्बेवामा फुटबलको उत्सव : पुरुषतर्फ फक्ताङलुङ र महिलातर्फ मौवा च्याम्पियन
- तुम्बेवामा फुटबलको महाकुम्भ : पुरुषतर्फ सुम्निमा पारूहाङ र फक्ताङलुङ उपाधि भिडन्तमा, महिलातर्फ मौवा र हाङ्गुम फाइनलमा
- तुम्बेवा गाउँपालिका अध्यक्ष कपको सेमिफाईनल समिकरण पूरा
- तुम्बेवा गाउँपालिका अध्यक्ष कपः सुम्निमा पारूहाङ र तुम्बेवा ३ मौवा सेमिफाईनलमा प्रवेश
- पॅाचथरको तुम्बेवामा अध्यक्ष कपको रौनक : आयोजक पहेलोको विजयी सुरूवात