News
धनकुटामा पहिलोपटक भेट्रान कप हुँदै
धनकुटा । पुर्वेली शहर धनकुटामा पहिलो पटक भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ । नेपालीहरुको महान चाड दशैंलाई लक्षित गरि हुन लागेको प्रतियोगिता धनकुटाको तल्लो टुंडिखेल मैदानमा हुनेछ ।
धनकुटा फुटबल क्लबको आयोजनामा यहि असोज १८ देखि २३ गतेसम्म चल्ने प्रतियोगितामा कुल १२ टोलीहरुको सहभागिता रहने आयोजक क्लबका अध्यक्ष सुमन श्रेष्ठले बताए ।
अध्यक्ष श्रेष्ठका अनुसार प्रतियोगिताको विजेताले नगद रु ४०००० संगै खसी, मेडल, प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेताले नगद रु २०००० संगै लोकल कुखुरा, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन ।
प्रतियोगिताको सम्पुर्ण तयारी पूरा भईसकेको समेत अध्यक्ष श्रेष्ठले बताए ।
Post Comments
Related News
- छथर जोरपाटी गाउँपालिकामा दोस्रो पालिकास्तरीय अध्यक्ष कप हुँदै
- बेलबारीलाई १८औँ शहिद भीमनारायण स्मृति गोल्डकपको उपाधि
- सोलोमनको ह्याट्रिकसँगै बेलबारी एफसी भीम नारायण गोल्डकपको फाइनलमा
- आयोजक धनकुटा १८औँ भीमनारायण गोल्डकपको उपाधि नजिक
- बाबा टुन्डेको निर्णायक गोलमा बेलबारी १८औँ सहिद भीमनारायण गोल्डकपको सेमिफाइनलमा