News
माल्दिभ्सको यु–२३ टोली पनि बहराईन प्रस्थान
काठमाडौं । एएफसी यु–२३ एसियन कप छनौट खेल्ने तयारीमा रहेको अर्को दक्षिण एसियाली राष्ट्र माल्दिभ्स पनि बहराईन प्रस्थान गरेको छ । छनौट प्रतियोगिता खेल्नु अघि माल्दिभ्सले बन्द प्रशिक्षणमा पनि थाल्ने माल्दिभ्स एफएले जनाएको छ ।
छनौट प्रतियोगिताको समूह सी मा परेको माल्दिभ्सले बलियो इराक, आयोजक बहराईन र अफगानिस्तानसँग खेल्ने कार्यक्रम छ । माल्दिभ्सले पहिलो खेल २५ अक्टुबरका दिन इराकसँग खेल्नेछ भने २८ अक्टुबरका दिन बहराईनसँग खेल्नेछ । त्यस्तै ३१ अक्टुबरका दिन अन्तिम खेल अफगानिस्तानसँग खेल्नेछ ।
समूही सी का सबै खेलहरु बहराईनी शहर अरद स्थित अल मुहरक स्टेडियममा हुनेछन् । समूहको शिर्ष टोली आगामी बर्ष उज्वेकिस्तानमा हुने एएफसी यु–२३ एसियन कपका लागि छनौट हुनेछ ।
Post Comments
Related News
- विमलाको नाकमा चोट, शल्यक्रिया गर्नुपर्ने
- नेपाललाई फेरि बंगलादेश नै बाधक
- माल्दिभ्समा शुरु भयो डायमण्ड जुब्लि कप, बंगलादेश र पाकिस्तानको बराबरी, माल्दिभ्सको हार
- भुटानले श्रीलंकालाई हरायो, बंगलादेशको पनि विजयी शुरुवात
- रेनुका र सरु सम्मिलित किकस्टार्टले लिगलिडर इस्ट बंगाललाई हरायो, अन्जिलाको टोली सेथु पनि सफल