काठमाडौ । एएफसी यु–२३ एसियन कप छनौटतर्फ आफ्नो अन्तिम खेलमा पनि नेपाली यु–२३ फुटबल टोली पराजित भएको छ । प्रतिष्ठाको भिडन्तका रुपमा हेरिएको खेलमा आइतबार नेपालले लेबनानको यु–२३ फुटबल टोलीसँग ४–० ले पराजित भएको हो ।
छनौट प्रतियोगिता अन्तरगत नेपालको यो लगातार तेस्रो हार हो । नेपालले यसअघि बलियो इरानसँग ४–० तथा आयोजक ताजिकिस्तानसँग ६–० ले पराजित भएको थियो । उता लेबनानले पनि आफ्नो पछिल्ला दुई खेलमा इरान र ताजिकिस्तानसँग हार बेहोरे तापनि नेपाललाई हराएर प्रतियोगिताको सुखद समापन गरेकोे छ ।
स्मरण रहोस, नेपालले खेलेको समूह चरणतर्फ तीन खेलहरुमा एउटै गोल नगरी १४ गोल खाएर प्रतियोगिताबाट बाहिरिन पुगेको छ । साथै प्रतियोगिताबाट यसअघि नै बाहिरिसकेका नेपाल र लेबनानबीच आजको खेल प्रतिष्ठाको भिडन्त पनि थियो । जसमा लेबनानले बाजी मार्न सफल भएको छ ।
समूह बी तर्फ आइतबार आयोजक ताजिकिस्तान र इरान अबेर राती भिड्दै छन् ्। यी दुई टोलीबीचको खेलको नतिजाले नै आगामी बर्ष उज्वेकिस्तानमा हुने एएफसी यु–२३ एसियन कप खेल्ने एक टोलीको टुंगो लाग्नेछ ।
- अनन्त र एरिकको टोली फोर्टिस एएफसी च्यालेञ्ज लिगको समूह चरणका लागि छनौट
- फिफाद्वारा एन्फा अनिश्चितकालका लागि निलम्बित
- जापान तेस्रोपटक एएफसी महिला एसियन कपको च्याम्पियन
- महिला एसियन कपः चीन र दक्षिण कोरिया पनि सेमिफाइनलमा
- एएफसी महिला एसियन कपः आयोजक अष्ट्रेलिया सेमिफाइनल पुग्ने पहिलो टोली, विश्वकपका लागि पनि छनौट