हेटौडा । हेटौंडामा जारी बीपी कप खुला फुटबल प्रतियोगिता–२०७६ अन्तर्गत शुक्रबार चार खेल सम्पन्न भएका छन् ।
नेपाल लोकतान्त्रिक खेलकुद संघको आयोजनामा जारी प्रतियोगिता अन्तर्गत शुक्रबार हेटौंडा–२, ७, १९ र ८ नम्बर वडा विजयी हँुदै दोस्रो चरणमा प्रवेश गरेका छन् । हेटौंडा–२ ले भीमफेदी गाउँपालिकालाई १–०, हेटोंडा–७ ले १४ लाई २–०, हेटौंडा–९ ले १९ लाई १–० तथा हेटौंडा ८ ले १५ नम्बर वडालाई १–० गोलअन्तरले पराजित गर्दै अघिल्लो चरणमा प्रवेश गरेको हो ।
भीमफेदी गाउँपालिकालाई पराजित गर्ने क्रममा हेटौंडा–२ को तर्फबाट विनोद प्रजाले निर्णायक गोल गरे । उनी नै खेलको म्यान अफ दी म्याच घोषित भए ।
त्यस्तैे हेटौंडा–७ को जितमा राजेन्द्र थापाले दुई गोल गरे । उनी खेलेको म्यान अफ दी म्याच चुनिए । निकै प्रतिस्पर्धात्मक खेलमा हेटौंडा–१९ का लागि सुनिल सुनारले गरेको गोल नै निर्णायक भयो । खेलमा हेटौंडा–९ का विशाल घलान म्यान अफ दी म्याच घोषित भए ।
हेटौंडा ८ को जितमा बेञ्जन घिमिरेको गोल निर्णायक बन्यो । खेलमा वडा नम्बर १५ का फत्तेमान घले म्यान अफ दी म्याच घोषित भए । जारी प्रतियोगितामा २२ टोलीले सहभागिता जनाइरहेका छन् ।
पुस १६ गतेसम्म सञ्चालन हुने ९ ए साइड रनिङ शिल्ड फुटबल प्रतियोगिता विजेताले रनिङ शिल्ड सहित नगद ५० हजार रुपैया“, दोस्रो हुनेले २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । यस्तै विधागत उत्कृष्ट हुनेले नगद २ हजार ५ सय रुपैया“ र प्रत्येक खेलको म्यान अफ द म्याचले नगद १ हजार रुपैया“ पुरस्कार पाउनेछन् ।
- मकवानपुर महिला गोल्डकपको सर्वश्रेष्ठ खेलाडीले पाउने पुरस्कार प्रायोजन पूर्व राज्यमन्त्री बानियाँले गर्ने
- छैठौ स्थानीय तह सहिद स्मृती मकवानपुर गोल्डकपको आय व्यय सार्वजनिक
- हेटौडामा नागस्वती एकेडेमी कप यु–१४ फुटबल प्रतियोगिता हुँदै
- दशौँ हेटौडा भेट्रान्स कपको उपाधि किङकम भेट्रान्सलाई
- बानेस्वर, फ्रिडम फाईटर र किङकम भेट्रान्स सेमिफाइनलमा