काठमाडौं । सैनिक आवासीय महाविद्यालयले प्रथम ब्रिजवाटर कप उपत्यकाव्यापी अन्तरकलेज छात्र फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।
ब्रिजवाटर इन्टरनेसनल कलेजको आयोजनामा सानो थिमीस्थित मध्यपुर युथ एसोसिएसनको मैदानमा शनिबार भएको फाइनलमा सैनिकले साइपाल एकेडेमीलाई ३–० गोलले पराजित गर्याे ।
उपाधिसंगै सैनिकले १ लाख नगद पुरस्कार पायो भने साइपालले ५० हजार चित्त बुझायो । सैनिकका विश्रान्त बस्नेत फाइनलको ‘म्यान अफ द म्याच’ घोषित भए । विश्रान्तनै उत्कृष्ट डिफेन्डर पनि चुनिए ।
व्यक्तिगत विधाको उत्कृष्ट खेलाडीमा साइपालका सन्जिव लामा, गोलरक्षकमा सैनिकका आशिष बस्नेत, मिड फिल्डमा सैनिकका कमल गुरुङ, स्ट्राइकरमा ब्रिजवाटरका प्यारजंग राई र प्रशिक्षकमा सैनिकका बाबुकाजी धौभन्जर उत्कृष्ट ठहरिए ।
विजेतालाई युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा), राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवाल, अखिल नेपाल फुटबल संघका अध्यक्ष कर्मा छिरिङ शेर्पालगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । मंसिर २९ गतेदेखि सुरु नकआउट प्रतियोगितामा ३२ टिम सहभागी थिए ।
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न
- खेलकुदलाई चार अर्ब बढीको बजेट
- एक्स्ट्रिम इनर्जी ड्रिंक्सको “स्क्यान मा सुन” अभियान सार्वजनिक
- ‘थ्री अन थ्री फुटबल क्लिनिक एन्ड च्याम्पियनसिप हुँदै