बुटवल । रुपन्देहीको शुद्धोदन गाउँपालिकामा जारी सातौं फर्साटिकर कप नकआउट फुटबल प्रतियोगितातर्फ पाल्पा–११ ले संघर्षपुर्ण जित हात पारेको छ ।
शुद्धोदन–४ स्थित फर्साटिकर उच्च माविको खेलमैदानमा भएको खेलमा पाल्पाले सौराहा युवा समाज नेपाल, चितवनलाई टाइब्रेकरमा ५–४ ले हरायो । यसअघि निर्धारित समयको खेल दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए ।
खेलमा पाल्पाका गोलरक्षक सुभाष बल म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार वापत नगद २ हजार प्राप्त गरे । साथै यो जितसँगै पाल्पा क्वाटरफाइनलमा समेत प्रवेश गरेको छ ।
प्रतियोगिता अन्तरगत पौष १३ गते आइतबारको खेल स्कलर्स होम एकेडेमी, शंकगरनर र आयोजक फर्साटिकर युवा क्लब (रातो) बीच हुने खेल संयोजक भेषराज पौडेलले जानकारी दिए ।
फर्साटिकर युवा क्लब, शुद्धोदन–४ फर्साटिकरको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख हात पार्नेछ भने उपविजेताले १ लाख प्राप्त गर्ने आयोजक क्लबका अध्यक्ष मुकेश कुँवरले बताए ।
- रुपन्देहीमा एसियन पेन्टस च्याम्पियन्स कप छात्रा फुटबल प्रतियोगिता शुरु
- २४औं लिस्नु कपको तयारी पूरा (खेलतालिकासहित)
- रुपन्देहीको कञ्चन गाउँपालिकामा तेस्रो गौतम बुद्ध कप शुरु
- वी ब्वाईज कपः उपाधिका लागि लखन ब्रदर्श र वी ब्वाईज भिड्ने
- युरी एफसी सेमिफाइनलमा, अन्तिम क्वाटरफाइनल र दुई सेमिफाइनल मंगलबार हुने