देवदह । बिहीबारदेखि रुपन्देहीको देवदहमा शुरु तेस्रो मैत्री कप खुला नकआउट फुटबल प्रतियोगितामा सी एफसीले फराकिलो जितका साथ प्रतियोगिताको शुरुवात गरेको छ ।
देवदह स्थित प्रगति माविको खेलमैदानमा भएको उद्घाटन खेलमा सी एफसीले देवदह एफसीलाई ८–० को फराकिलो अन्तरले हरायो । सी एफसीको जितमा ह्याट्रिसहित एक्लै पाँच गोल गरेका अनिल थापा म्यान अफ द म्याच घोषित भए ।
प्रतियोगिता अन्तरगत मंसिर २४ गते शुक्रबारको खेल डि युनिटी र सुनवल ब्रदर्शबीच हुने आयोजकले जानकारी दियो । मैत्री युवा क्लब, देवदह–१२ प्रगतिनगर रुपन्देहीको आयोजनामा शुरु प्रतियोगितामा कुल १९ टोलीहरु सहभागि छन् ।
प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख हात पार्नेछ भने उपविजेताले ५० हजार पाउने आयोजक क्लबका अध्यक्ष पुर्ण बहादुर गुरुङले बताए । त्यस्तै व्यक्तिगत विधातर्फ पनि पुरस्कारको व्यवस्था गरिएको अध्यक्ष गुरुङले जानकारी दिए ।
- रुपन्देहीमा एसियन पेन्टस च्याम्पियन्स कप छात्रा फुटबल प्रतियोगिता शुरु
- २४औं लिस्नु कपको तयारी पूरा (खेलतालिकासहित)
- रुपन्देहीको कञ्चन गाउँपालिकामा तेस्रो गौतम बुद्ध कप शुरु
- वी ब्वाईज कपः उपाधिका लागि लखन ब्रदर्श र वी ब्वाईज भिड्ने
- युरी एफसी सेमिफाइनलमा, अन्तिम क्वाटरफाइनल र दुई सेमिफाइनल मंगलबार हुने