धनकुटा । नेपाल पुलिस क्लब, काठमाडौं जारी शहिद रिदामाहाङ–रामालिहाङ आठपहरिया महिला गोल्डकप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । योसँगै प्रतियोगितामा सहभागि तीनै विभागीय टोली (आर्मी, एपिएफ, पुलिस) सेमिफाइनलमा प्रवेश गर्न सफल भएका छन् ।
सोमबार तल्लो टुंडिखेलमा भएको तेस्रो क्वाटरफाइनलमा पुलिसले बसाहा राइजिङ युथ क्लब, उदयपुरलाई ५–० ले हरायो । पुलिसको जितमा निशा सुनुवारले ४, ६४ र ८१औं मिनटमा गोल गर्दै ह्याट्रिक गरिन् । सुनुवार नै खेलको वुमन अफ द म्याच समेत घोषित भईन् ।
त्यस्तै पुलिसको जितमा थप दुई गोल रंजिता गुरुङले ५३औं मिनटमा तथा अमृता जैसीले ६०औं मिनटमा गरेकी थिईन् । प्रतियोगिता अन्तरगत पौष १५ गते मंगलबारको अन्तिम क्वाटरफाइनल खेल रौतहट एफसी र आयोजक धनकुटाबीच हुनेछ ।
किरात आठपहरिया समाज नेपाल, धनकुटाको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख हात पार्नेछ भने उपजिेताले १ लाख प्राप्त गर्नेछ ।
- छथर जोरपाटी गाउँपालिकामा दोस्रो पालिकास्तरीय अध्यक्ष कप हुँदै
- बेलबारीलाई १८औँ शहिद भीमनारायण स्मृति गोल्डकपको उपाधि
- सोलोमनको ह्याट्रिकसँगै बेलबारी एफसी भीम नारायण गोल्डकपको फाइनलमा
- आयोजक धनकुटा १८औँ भीमनारायण गोल्डकपको उपाधि नजिक
- बाबा टुन्डेको निर्णायक गोलमा बेलबारी १८औँ सहिद भीमनारायण गोल्डकपको सेमिफाइनलमा