News
माइलस्टोन मेयर कप हुँदै

अत्तरिया । कैलालीको गोदावरी नगरपालिकामा माइलस्टोन मेयर कप खुला नाईन ए साईड नकआउट फुटबल प्रतियोगिता हुने भएको छ ।
माइलस्टोन युवा क्लब, लालपुरको आयोजनामा यहि पौष २५ गतेदेखि प्रतियोगिता शुरु हुन गईरहेको हो । गोदावरी नगरपालिका–७ स्थित खैरेनी खेलमैदानमा हुने प्रतियोगितामा कुल आठ टोलीहरुको सहभागिता रहने आयोजकले जानकारी दियो ।
प्रतियोगिताको विजेताले उपाधि सहित नगद १ लाख हात पार्नेछ भने उपविजेताले ५० हजार प्राप्त गर्नेछ । प्रतियोगिताको फाइनल खेल भने पौष २९ गतेका दिन हुन आयोजकले जानकारी दियो ।
Post Comments