झापा । अर्जुनधारा नगरपालिकाले कराते खेलाडी एस्तर राईसहित फुटबल खेलमा विजेता बनेको नगरस्तरीय टिमलाई आइतबार नगदसहित सम्मान गरेको छ ।
दुई साताअघि झापाको सुरुंगामा सम्पन्न पालिकास्तरीय फुटबल प्रतियोगितामा अर्जुनधारा नगरको टिमले उपाधि रक्षा गरेको थियो ।
दोस्रो पटक उपाधि रक्षा गरेको फुटबल टिमका खेलाडी तथा अफिसियललाई नगद ५ हजारका दरले एक लाख रुपैयाँ र एक थान ट्रयाकसुट प्रदान गरिएको हो ।
यसैबीच, गत महिना सम्पन्न १३औँ दक्षिण एसियाली गेम्स (साग)मा करातेको कुमुतेतर्फ कास्य पदक जितेकी अर्जुनधारा ५ कि एस्तर राईलाई नगद २५ हजार र ताम्रपत्रसहित सम्मान गरिएको छ ।
नगरपालिकामा आयोजित खेलाडी सम्मान तथा सपथ ग्रहण कार्यक्रममा प्रमुख अतिथि पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे, नगर प्रमुख हरिकुमार राना र नगर खेलकुद विकास समितिका संयोजक अर्जुन मेचेले खेलाडीहरुलाई पुरस्कार तथा सम्मान गरेका हुन् ।
- जेठ २४ देखि बिर्तामोड च्यालेन्ज कप, विजेताले १ लाख ११ हजार पाउने
- झिलझिले भेट्रान्सलाई चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको उपाधि
- घरेलु मैदान दुधे रङ्गशालामा आयोजक दुधे भेट्रान्सको दबदबा
- प्रवीन विश्वकर्माको ह्याट्रिक मद्दतमा झिलझिले क्लब, झापामा जारी चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको उपाधि नजिक
- प्रविन विश्वकर्माको ह्याट्रिक मद्दतमा झिलझिले चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको अन्तिम चारमा