News
कुवेतमाथि इण्डोनेसियाको सनसनी
काठमाडौं । एएफसी एसियन कप छनौटतर्फ नेपाल कै समूहमा रहेको इण्डोनेसियाले तुलनात्मक रुपमा आफुभन्दा बलियो टोली आयोजक कुवेतलाई हराएको छ ।
कुवेत सिटीमा सम्पन्न पहिलो खेलमा इण्डोनेसियाले कुवेतलाई २–१ ले हराएको हो । खेलमा शुरुवाती अग्रता कुवेतले लिए पनि त्यसलाई जोगाउन सकेन । खेलको ४१औं मिनटमा युसेफ नासेरको गोलबाट घरेलु टोलीले अग्रता बनाएको थियो ।
तर त्यसको चार मिनट लगतै इण्डोनेसियाका लागि मार्क क्लोकले पेनाल्टीबाट बराबरी गोल फर्काए । त्यस्तै ४६औं मिनटमा रचमत इरियान्टोले दोस्रो गोल थप्दै इण्डोनेसियाको सनसनीपूर्ण जित पक्का गरे ।
इण्डोनेसियाले समूह चरणको अन्तिम खेलका रुपमा १४ जुनका दिन नेपालसँग खेल्ने कार्यक्रम छ । उता कुवेतले भने शनिबार नेपालको सामना गर्नेछ ।
Post Comments
Related News
- अनन्त र एरिकको टोली फोर्टिस एएफसी च्यालेञ्ज लिगको समूह चरणका लागि छनौट
- फिफाद्वारा एन्फा अनिश्चितकालका लागि निलम्बित
- जापान तेस्रोपटक एएफसी महिला एसियन कपको च्याम्पियन
- महिला एसियन कपः चीन र दक्षिण कोरिया पनि सेमिफाइनलमा
- एएफसी महिला एसियन कपः आयोजक अष्ट्रेलिया सेमिफाइनल पुग्ने पहिलो टोली, विश्वकपका लागि पनि छनौट