News
प्रशिक्षक अब्दुलाको अवस्था सामान्य

काठमाडौं । एएफसी एसियन कप छनौटतर्फ शनिबार कुवेत विरुद्धको खेलका क्रममा अचेत भई टेक्निकल लाईन मै ढलेका नेपालका मुख्य प्रशिक्षक अब्दुला अल्मुताइरीको अवस्था सामान्य रहेको छ ।
कुवेत विरुद्धको दोस्रो हाफको खेल चलिरहँदा प्रशिक्षक अब्दुला टेक्निकल लाईनमा अचेत भई ढलेका थिए । मैदान मै दुवै टोलीका मेडिकल टिमले प्राथमिक उपचार गरेपछि अब्दुलालाई अस्पताल पुर्याइएको थियो ।
अस्पतालमा उनको अवस्था सामान्य रहेको छ । प्रशिक्षक अब्दुला यो समाचार तयार पार्दासम्म अस्पताल मै छन् । उनको डिस्चार्जबारे भने अहिले नै जानकारी प्राप्त भएको छैन ।
स्मरण रहोस, छनौट प्रतियोगितातर्फ समूह ए मा रहेको नेपालले शनिबार लगातार दोस्रो हार बेहोर्ने क्रममा आयोजक कुवेतसँग ४–१ ले पराजित भएको थियो । खेलमा नेपालका लागि दर्शन गुरुङले एक मात्र गोल गरेका थिए ।
Post Comments