काकरभिट्टा । दोस्रो काकरभिट्टा अन्तर विद्यालय फुटबल प्रतियोगितामा काकरभिट्टा मावि, एमिटी पब्लिक स्कुल र अरुणोदय आवासीय स्कुलले जित हात पारेका छन् ।
काकरभिट्टा खेलमैदानमा भएको यु–१६ तर्फको क्वाटरफाइनल भिडन्तमा काकरभिट्टा माविले सुर्योदय अंग्रेजी बोर्डिङ स्कुललाई ४–० ले हरायो । त्यस्तै अर्को खेलमा पशुपति अंग्रेजी बोर्डिङ स्कुलले गंगा मेमोरियल स्कुललाई टाईब्रेकरमा हरायो । त्यसअघि निर्धारित समयको प्रतिस्पर्धात्मक खेल दुवै टोलीले १–१ गोलको बराबरी खेलेका थिए ।
त्यसैगरी यु–१३ तर्फ एमिटी पब्लिक स्कुलले तारापुञ्ज अंग्रेजी बोर्डिङ स्कुललाई टाईब्रेकरमा निराश तुल्यायो । त्यसअघि निर्धारित समयको प्रतिस्पर्धात्मक खेल दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए ।
त्यस्तै अर्को खेलमा अरुणोदय आवासीय सकुलले सुर्योदय अंग्रेजी बोर्डिङ स्कुललाई टाईब्रेकरमा पराजित गर्यो । त्यसअघि निर्धारित समयको खेल दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए ।
- बिर्तामोड च्यालेञ्ज कपमा उर्लाबारीको विजयी सुरुवात
- जेठ २४ देखि बिर्तामोड च्यालेन्ज कप, विजेताले १ लाख ११ हजार पाउने
- झिलझिले भेट्रान्सलाई चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको उपाधि
- घरेलु मैदान दुधे रङ्गशालामा आयोजक दुधे भेट्रान्सको दबदबा
- प्रवीन विश्वकर्माको ह्याट्रिक मद्दतमा झिलझिले क्लब, झापामा जारी चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको उपाधि नजिक