News
महिला साफमा बंगलादेशको पनि विजयी शुरुवात
काठमाडौं । यहाँ जारी महिला साफ च्याम्पियनसिपतर्फ समूह ए मा रहेको बंगलादेशले पनि उत्कृष्ट जितका साथ प्रतियोगिताको शुरुवात गरेको छ । बुधबार सम्पन्न आफ्नो पहिलो खेलमा बंगलादेशले माल्दिभ्समाथि ३–० को जित निकाल्यो ।
दशरथ रंगशालामा भएको दिनको दोस्रो खेलमा बंगलादेशले तीनै गोल पहिलो हाफाम गरेको थियो । बंगलादेशका लागि सबिना खातुनले दुई गोल गरिन् । उनले खेलको २३ र ४०औं मिनटमा दुई गोल गरिन् । त्यस्तै थप एक गोल भने ३४औं मिनटमा मसुरा प्रविनले गरेकी थिईन् ।
समूह चरणतर्फ आफ्नो आगामी खेलमा बंगलादेशले शनिबार पाकिस्तानको सामना गर्दा सोही दिन माल्दिभ्सले बलिया े भारतसँग खेल्नेछ । स्मरण रहोस, बुधबार नै सम्पन्न समूह ए तर्फको पहिलो खेलमा भारतले पाकिस्तानमाथि समान ३–० को जित निकालेको थियो ।
Post Comments
Related News
- विमलाको नाकमा चोट, शल्यक्रिया गर्नुपर्ने
- नेपाललाई फेरि बंगलादेश नै बाधक
- माल्दिभ्समा शुरु भयो डायमण्ड जुब्लि कप, बंगलादेश र पाकिस्तानको बराबरी, माल्दिभ्सको हार
- भुटानले श्रीलंकालाई हरायो, बंगलादेशको पनि विजयी शुरुवात
- रेनुका र सरु सम्मिलित किकस्टार्टले लिगलिडर इस्ट बंगाललाई हरायो, अन्जिलाको टोली सेथु पनि सफल