तिलोत्तमा । साविक विजेता फर्साटिकर युवा क्लब यहाँ जारी स्व. डिम बहादुर गुरुङ स्मृति २०औं लिस्नु कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
आइतबार सम्पन्न पहिलो क्वाटरफाइनलमा फर्साटिकरले गोर्खा ब्वाईज स्पोर्टस क्लब, बुटवललाई शून्यका विरुद्ध ३ गोलले हराउँदै अन्तिम चारमा प्रवेश गर्न सफल भएको हो ।
श्री पशुपति माविको खेलमैदानमा सम्पन्न खेलमा फर्साटिकरका लागि विवेक पुन, बलराम न्यौपाने र निजाम अलीले गोल गरे । खेलमा फर्साटिकर कै बिशाल लामा म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार वापत नगद ३ हजार र ट्रफी हात पारे ।
प्रतियोगिता अन्तरगत भदौ २७ गते सोमबारको दोस्रो क्वाटरफाइनल खेल फोर ब्रदर्श एफसी, नवलपरासी र राइजिङ स्टार युवा क्लब, कपिलवस्तु बीच हुने आर्थिक संयोजक प्रकाश पाण्डे क्षेत्रीले जानकारी दिए ।
लिस्नु युवा क्लब, कोटिहवाको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३ लाख हात पार्नेछ भने उपविजेताले १ लाख ५० हजार प्राप्त गर्नेछ । फाइनल खेल असोज ३ गतेका दिन हुनेछ ।

- रुपन्देहीमा एसियन पेन्टस च्याम्पियन्स कप छात्रा फुटबल प्रतियोगिता शुरु
- २४औं लिस्नु कपको तयारी पूरा (खेलतालिकासहित)
- रुपन्देहीको कञ्चन गाउँपालिकामा तेस्रो गौतम बुद्ध कप शुरु
- वी ब्वाईज कपः उपाधिका लागि लखन ब्रदर्श र वी ब्वाईज भिड्ने
- युरी एफसी सेमिफाइनलमा, अन्तिम क्वाटरफाइनल र दुई सेमिफाइनल मंगलबार हुने