News
किरनको टोली पञ्जाबको पहिलो हार
काठमाडौं । हिरो आई लिगमा नेपालका नम्बर एक गोलरक्षक किरन चेम्जोङको टोली राउण्डग्लास पञ्जाब एफसीले बिहीबार सिजनको पहिलो हार बेहोरेको छ । पञ्जाबले हार बेहोर्ने क्रममा पञ्जाबले नर्थइस्ट क्लब ट्राउसँग उसकै घरेलु मैदानमा २–० ले निराश बन्न पुग्यो ।
खुमान लम्पाक मेन स्टेडियममा भएको खेलमा ट्राउका लागि २५औं मिनटमा बुआनथाङलुन साम्तेले पहिलो गोल गरे भने ५५औं मिनटमा सलाम जोन्सन सिंहले दोस्रो गोल गर्दै पञ्जाबलाई सिजनको पहिलो हार बेहोर्न बाध्य बनाए ।
यो जितपछि ट्राउ ६ खेलबाट ७ अंक जोड्दै लिगतालिकाको सातौं स्थानमा छ । उता पराजित भएपनि ५ खेलबाट १० अंक जोडेको पञ्जाब पाँचौं स्थानमा छ । लिगतालिकाको शिर्ष स्थानमा भने १६ अंक जोडेको रियल काश्मिर छ । पञ्जाबले आफ्नो आगामी खेल सोमबार लिगलिडर रियल काश्मिरसँग खेल्नेछ ।
Post Comments
Related News
- विमलाको नाकमा चोट, शल्यक्रिया गर्नुपर्ने
- नेपाललाई फेरि बंगलादेश नै बाधक
- माल्दिभ्समा शुरु भयो डायमण्ड जुब्लि कप, बंगलादेश र पाकिस्तानको बराबरी, माल्दिभ्सको हार
- भुटानले श्रीलंकालाई हरायो, बंगलादेशको पनि विजयी शुरुवात
- रेनुका र सरु सम्मिलित किकस्टार्टले लिगलिडर इस्ट बंगाललाई हरायो, अन्जिलाको टोली सेथु पनि सफल