काठमाडौं । चर्चित हिरो आई लिगमा राउण्डग्लास पञ्जाब एफसीका लागि उत्कृष्ट प्रदर्शन गरिरहेका नेपालका नम्बर एक गोलरक्षक तथा नेपाली फुटबल टोलीका कप्तान किरन चेम्जोङले लगातार दोस्रो खेलमा क्लिन शिट हात पारेका छन् ।
गोवा स्थित तिलक मैदानमा भएको खेलमा पञ्जाबले घरेलु टोली चर्चिल ब्रदर्शसँग गोलरहित बराबरी खेल्दै अंक बाँड्यो । यसअघि पञ्जाबले गत सात्रा मात्र लिगलिडर रियल काश्मिरमाथि १–० को जित निकालेको थियो ।
यो जितपछि ७ खेलबाट १४ अंक जोडेको पञ्जाब लिगतालिकाको चौथो स्थानमा छ र लिगलिडर रियल काश्मिर भन्दा २ अंकले पछाडी छ । काश्मिरले भने उक खेल बढी खेलेको छ । त्यस्तै चर्चिल ब्रदर्शको भने ८ खेलबाट ९ अंक छ र लिगतालिकाको नवौं स्थानमा छ ।
पञ्जाबले आफ्नो आगामी खेल बुधबार गोकुलम केरलासँग खेल्ने कार्यक्रम छ । एक खेल बढी खेलेको केरला १५ अंकका साथ तेस्रो स्थानमा छ । यो खेलमा पञ्जाबले जित हात पार्न सके किरनको टोलीलाई शिर्ष स्थानमा उक्लिने अवसर पनि छ ।
- विमलाको नाकमा चोट, शल्यक्रिया गर्नुपर्ने
- नेपाललाई फेरि बंगलादेश नै बाधक
- माल्दिभ्समा शुरु भयो डायमण्ड जुब्लि कप, बंगलादेश र पाकिस्तानको बराबरी, माल्दिभ्सको हार
- भुटानले श्रीलंकालाई हरायो, बंगलादेशको पनि विजयी शुरुवात
- रेनुका र सरु सम्मिलित किकस्टार्टले लिगलिडर इस्ट बंगाललाई हरायो, अन्जिलाको टोली सेथु पनि सफल