News
किरन बने ‘प्लेयर अफ द मन्थ’
काठमाडौं । नेपालका नम्बर एक गोलरक्षक तथा राष्ट्रिय फुटबल टोलीका कप्तान किरन चेम्जोङ राउण्डग्लास पञ्जाब एफसीको डिसेम्बर महिनाका लागि प्लेयर अफ द मन्थ चुनिएका छन् ।
यसै सिजन पञ्जाबमा दोस्रो स्पेलका लागि आवद्ध भएका किरन आई लिगमा टोलीका लागि उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । डिसैम्बर महिनामा पञ्जाबले खेलेको कुल ४ खेलहरु मध्ये लगातार तीन खेलहरुमा किरनले क्लिन शिट हात पारेका थिए ।
आई लिगमा यस सिजन ८ खेलबाट १९ अंक जोडेको पञ्जाब लिगतालिकाको दोसो स्थानमा छ । र एक खेल बढी खेलेको शिर्ष स्टानको श्रीनिदी डेक्कन भन्दा दुई अंकले मात्र पछाडी छ ।
अंग्रेजी नयाँ वर्ष र क्रिसमसका लागि ब्रेकमा रहेको आई लिग केही दिन मै सूचारु हुने तयारीमा छ । साथै पञ्जाबले आफ्नो आगामी खेल आउँदो आइतबार नेरोकासँग खेल्ने कार्यक्रम छ ।
Post Comments
Related News
- विमलाको नाकमा चोट, शल्यक्रिया गर्नुपर्ने
- नेपाललाई फेरि बंगलादेश नै बाधक
- माल्दिभ्समा शुरु भयो डायमण्ड जुब्लि कप, बंगलादेश र पाकिस्तानको बराबरी, माल्दिभ्सको हार
- भुटानले श्रीलंकालाई हरायो, बंगलादेशको पनि विजयी शुरुवात
- रेनुका र सरु सम्मिलित किकस्टार्टले लिगलिडर इस्ट बंगाललाई हरायो, अन्जिलाको टोली सेथु पनि सफल