News पुजन र प्रशान्त मच्छिन्द्रका नयाँ खेलाडी
गोलनेपाल

काठमाडौं । ए डिभिजन लिग च्याम्पियन मच्छिन्द्र फुटबल क्लबले नेपालका दुई अन्तर्राष्ट्रिय खेलाडी पुजन उपरकोटी र प्रशान्त अवस्थीलाई नयाँ सिजनका लागि अनुवन्ध गरेको छ । क्लबले दुवै खेलाडीलाई अनुवन्ध गरेको कुरा आफ्नो सामाजिक सञ्जालमार्फत पुष्टी समेत गरेको छ ।

पछिल्लो केही वर्षदेखि मनाङका लागि खेलिरहेका पुजनले लिग उपाधिसहित थुप्रै नकआउट प्रतियोगिताहरु पनि जितेका थिए । यद्यपि उनले गतसाता मात्र आफू मनाङबाट अलग भएको कुरा सामाजिक सञ्जालमार्फत घोषणा गरेका थिए । पुजन राष्ट्रिय फुटबल टोलीका पनि महत्वपूर्ण सदस्य हुन् ।

त्यस्तै मच्छिन्द्रले प्रशान्तलाई सातदोबाटो युथ क्लबबाट अनुवन्ध गरेको छ । प्रशान्त पनि राष्ट्रिय फुटबल टोलीका युवा सदस्य हुन् । उनले गत वर्ष थाइल्याण्ड विरुद्ध अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गरेका थिए ।

Post Comments