बागमती । मधेश प्रदेश कै प्रतिष्ठाका रुपमा रहेको सातौं राजर्षि जनक कप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगितामा भुटानको प्रिमियर लिग च्याम्पियन पारो फुटबल क्लबले पनि सहभागिता जनाउने भएको छ । यो कुराको पुष्टी आयोजक बागमती युवा क्लबले समेत गरेको छ ।
बागमती नगरपालिका–११, सर्लाही स्थित सन्तोष श्रेष्ठ स्मृति खेलमैदानमा हुने प्रतियोगितामा सहभागिता जनाउने टोलीहरुको पनि टुंगो लागेको छ । यहि माघ २५ देखि फागुन ६ गतेसम्म हुन गईरहेको प्रतियोगितामा स्वदेशी र विदेशी गरी कुल १२ टोलीहरुले सहभागिता जनाउने तय भएको हो ।
सहभागि टोलीहरुमा आयोजक बागमती युवा क्लबसँगै पारो एफसी (भुटान), नेपाल पुलिस क्लब, मच्छिन्द्र फुटबल क्लब, एपिएफ फुटबल क्लब, जावलाखेल युथ क्लब, सुदुरपश्चिम–११, धरान फुटबल क्लब, पिप्ले युथ क्लब, नव जनजागृति युवा क्लब, संकटा क्लब र चर्च ब्वाईज युनाइटेड एफसी रहेका छन् ।
बागमती नगरपालिका तथा बागमती युवा क्लब, सर्लाहीको आयोजनामा हुन गईरहेको प्रतियोगिताको विजेताले उपाधिसहित नगद १० लाख हात पार्नेछ भने उपविजेताले ५ लाख प्राप्त गर्नेछ ।
- बेङ्गखाडी प्रथम लालबन्दी मेयर गोल्डकपको फाइनलमा, उपाधिका लागि आयोजक जिवेश्वरसँग भिड्ने
- आयोजक जिवेश्वर प्रथम लालबन्दी मेयर गोल्डकपको फाइनलमा
- बेङ्गखाडी प्रथम लालबन्दी मेयर गोल्डकपको सेमिफाइनलमा
- आयोजक जीवेश्वर प्रथम लालबन्दी मेयर गोल्डकपको अन्तिम चारमा
- सुरज गुरोको निर्णायक गोलमा बीरगञ्ज युनाइटेड प्रथम लालबन्दी मेयर गोल्डकपको सेमिफाइनलमा