बागमती । प्रभावशाली जितका साथ लिग च्याम्पियन मच्छिन्द्र फुटबल क्लब जारी सातौं राजर्षि जनक कप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बागमती नगरपालिका स्थित सन्तोष श्रेष्ठ स्मृति खेलमैदानमा भएको दोस्रो सेमिफाइनलमा मच्छिन्द्रले सुदुरपश्चिम–११ लाई ६–२ ले हराउँदै फाइनलमा स्थान पक्का गरेको हो ।
खेलमा मच्छिन्द्रका बिमल घर्ती मगर म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार वापत नगद १० हजार र ट्रफी हात पारे । मच्छिन्द्रले फाइनलमा आइतबार जावलाखेल युथ क्लबसँग उपाधिका लागि भिड्नेछ । जावलाखेलले बिहीबार मात्रै पहिलो सेमिफाइनलमा बलियो संकटालाई हराउँदै पाmइनलमा स्थान बनाईसकेको छ ।
बागमती नगरपालिका र बागमती युवा क्लब, सर्लाहीको संयुक्त आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १० लाख हात पार्नेछ भने उपविजेताले ५ लाख प्राप्त गर्नेछ । व्यक्तिगत विधातर्फ पनि आकर्षक पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

- बेङ्गखाडी प्रथम लालबन्दी मेयर गोल्डकपको फाइनलमा, उपाधिका लागि आयोजक जिवेश्वरसँग भिड्ने
- आयोजक जिवेश्वर प्रथम लालबन्दी मेयर गोल्डकपको फाइनलमा
- बेङ्गखाडी प्रथम लालबन्दी मेयर गोल्डकपको सेमिफाइनलमा
- आयोजक जीवेश्वर प्रथम लालबन्दी मेयर गोल्डकपको अन्तिम चारमा
- सुरज गुरोको निर्णायक गोलमा बीरगञ्ज युनाइटेड प्रथम लालबन्दी मेयर गोल्डकपको सेमिफाइनलमा