काठमाडौं । प्यालेस्टाईनमा शुरु एएफसी यु–२० महिला एसियन कप छनौट फुटबल प्रतियोगितामा नेपालले शानदार शुरुवात गरेको छ ।
छनौट प्रतियोगिता अन्तरगत समूह बी मा रहेको नेपालले बुधबार भएको आफ्नो पहिलो खेलमा आयोजक प्यालेस्टाईनमाथि ६–० को फराकिलो जित निकाल्दै प्रतियोगितामा शानदार शुरुवात गरेको हो ।
नेपालको जितमा दिपा शाहीले खेलको २१औं मिनटमा पेनाल्टीबाट गोलको खाता खोलेकी थिईन् । २९औं मिनटमा गरिमा राईले त्यो अग्रता दोब्बर पारिन् ।
त्यस्तै ६७ र ७५औं मिनटमा दिपाले नै लगातार दुई गोल गर्दै ह्याट्रिक पूरा गरिन् भने खेललाई ४–० को स्थितिमा समेत ल्याईन् । त्यस्तै गरिमाले नै ८१औं मिनटमा व्यक्तिगत दोस्रो तथा नेपाली टोलीका लागि पाँचौं गोल गरिन् भने त्यसको चार मिनट लगतै दिपाले व्यक्तिगत चौथो गोल गर्दा नेपालले ६–० को एकतर्फी जित पक्का गरेको थियो ।
यो जितसँगै नेपालले दोस्रो चरणमा प्रवेश गर्ने सम्भावना पनि बलियो बनाएको छ । नेपालले आफ्नो आगामी खेल आइतबार नर्दन मारियाना आइल्याण्ड विरुद्ध खेल्नेछ ।
- मझिया स्मृति कप महिला फुटबल : पदमा स्पोर्ट्सको ७–० को शानदार जित, सिम्रनको चार गोल
- तेह्रथुमका तीन महिला फुटबल खेलाडीलाई दक्षिण कोरियाबाट जनही ५० हजार रुपैयाँ सहयोग
- एसियन पेन्ट्स च्याम्पियनसिप २०२६ अन्तर्गत उपत्यकाव्यापी गर्ल्स फुटबल प्रतियोगिता सुरु
- होराइजन र कान्ति फाइनलमा भिड्ने
- होराइजन, सुनगाभा, ग्यालेक्सी र कान्ति सेमिफाइनलमा