News
पोखरी मावि छातेलाई अध्यक्ष कप महिला फुटबलको उपाधि

तेह्रथुम जिल्लाको आठराई गाउँपालिका २ झाँक्री गुफास्थित खेलमैदानमा आयोजित प्रथम आठराई गाउँपालिका अध्यक्ष रनिङ कप फुटबल प्रतियोगिताको महिलातर्फको उपाधि पोखरी मावि छातेले रक्षा गरेको छ ।
फेदाप खेलकुद विकास समितिलाई १-० गोलले पराजित गर्दै छातेले उपाधि रक्षा गरेको हो ।
आज भएको फाइनल खेलमा छातेका लागि मनिता कन्दाङ्वाले गरेको गोल नै उपाधि रक्षाका लागि निर्णायक सावित भयो ।
खेलको ५औँ मिनेटमा मनिताले फेदापविरुद्ध गोल गरेकी थिइन् ।
प्रतियोगिताको विजेता छातेले नगद ६० हजार र रनिङ ट्रफी पाएको छ भने उपविजेता फेदापले नगद ४० हजार र ट्रफीमा चित्त बुझायो ।
Post Comments
Related News
- तेह्रथुमकी सेमिहाङमा साफ गेम खेल्न बंगालादेश जॉदै
- केलाङ मेला तेह्रथुमको उपाधि चुलाचुली स्पोर्टिङ क्लब दमक झापालाई
- केलाङ मेला तेह्रथुमः उपाधिका लागि चुलाचुली र सम्दुको भिडन्त पक्का
- चुलाचुली स्पोर्टिङ झापा तेह्रथुममा जारी केलाङ मेलाको उपाधि नजिक
- तेह्रथुम जलजलेः सेमिफाइनल खेल्ने चार टोलीकै टुङगो लाग्यो