तेह्रथुम जिल्लाको आठराई गाउँपालिका २ झाँक्री गुफास्थित खेलमैदानमा आयोजित प्रथम आठराई गाउँपालिका अध्यक्ष रनिङ कप फुटबल प्रतियोगिताको उपाधि फेदाप खेलकुद विकास समितिले जितेको छ ।
स्पर्धी आठराई गाउँपालिकाको ए टिमलाई २-० गोलले पराजित गर्दै फेदापले उपाधि रक्षा गरेको हो ।
आज भएको फाइनल खेलमा फेदापका लागि पहिलो हाफको २३औँ मिनेटमा सन्देश फोम्बोले गोल गर्दै अग्रता दिलाएका थिए । यस्तै खेलको ५३औँ मिनेटमा रेमन लिम्बूले थप गोल गर्दै अग्रता दोब्बर बनाएका हुन् । विजेता फेदापले नगद १ लाख ५० हजारसहित रनिङ कप हात पारेको छ ।
उपविजेता आठराई गाउँपालिकाले नगद १ लाख र ट्रफीमा चित्त बुझायो ।
प्रतियोगिताको उत्कृष्ट गोलरक्षक संगीन लिम्बू घोषित भए भने निशान लिम्बू उत्कृष्ट खेलाडी बने । सर्वाधिक गोलकर्ता नव कोपिला युवा क्लबका विजय गिरी बने । उनले २ खेलमा ५ गोल गरेका थिए ।
- तेह्रथुमकी सेमिहाङमा साफ गेम खेल्न बंगालादेश जॉदै
- केलाङ मेला तेह्रथुमको उपाधि चुलाचुली स्पोर्टिङ क्लब दमक झापालाई
- केलाङ मेला तेह्रथुमः उपाधिका लागि चुलाचुली र सम्दुको भिडन्त पक्का
- चुलाचुली स्पोर्टिङ झापा तेह्रथुममा जारी केलाङ मेलाको उपाधि नजिक
- तेह्रथुम जलजलेः सेमिफाइनल खेल्ने चार टोलीकै टुङगो लाग्यो