News
चीनसँग पनि निरीह बन्दै नेपालको सम्भावना समाप्त
काठमाडौं । एएफसी यु–२० महिला एसियन कप छनौटतर्फ दोस्रो चरणको छनौट प्रतियोगिता खेल्न म्यानमार रहेको नेपालले आफ्नो दोस्रो खेलमा पनि निराशाजनक हार बेहोरेको छ ।
छनौट प्रतियोगिता अन्तरगत समूह बी मा परेको नेपालले आफ्नो पहिलो खेलमा घरेलु टोली म्यानमारसँग ५–० को हार बेहोरेको थियो भने बिहीबार भएको दोस्रो खेलमा पनि बलियो चीनसँग समान ५–० को हार बेहोरेको छ ।
लगातार दोस्रो हारसँगै नेपालको सम्भावना पनि समाप्त भएको छ । नेपालले आफ्नो समूह चरणको अन्तिम खेल शनिबार चाइनिज ताईपेईसँग खेल्नेछ । जुन खेल नेपालका लागि प्रतिष्ठाको भिडन्त पनि हुनेछ ।
समूहको शिर्ष दुई टोली अर्को वर्ष उज्वेकिस्तानमा हुने एएफसी यु–२० महिला एसियन कपका लागि छनौट हुनेछन् ।
Post Comments
Related News