काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकज विक्रम नेम्वाङले राष्ट्रिय खेलाडीहरुलाई दिन बाँकी रहेको पुरस्कार रकम किस्तावन्दीमा दिने घोषणा गरेका छन् ।
हाल अष्ट्रेलियामा रहेका अध्यक्ष नैम्वाङले अष्ट्रेलियन नेप्लिज फुटबल एसोसिएशनको आयोजना सिड्नीमा भएको एक भेटघाट कार्यक्रममा बोल्दै सो कुराको घोषणा गरेका हुन् । अध्यक्ष नेम्वाङका अनुसार विदेश पलायन भएका राष्ट्रिय खेलाडीहरुलाई पनि लाखौं पुरस्कार रकम लिन बाँकी रहेकाले किस्तावन्दीमा सो रकम सबैलाई दिने बताए ।
स्मरण रहोस, एन्फाले विभिन्न समयमा खेलाडीहरुलाई दिनुपर्ने पुरस्कार र अन्य खर्च रकम पनि पूर्ण रुपमा दिन नसकेपछि त्यसको चर्को विरोध हुँदै आएको छ । कतिपय खेलाडीहरु नेपाली फुटबलमा अनिश्चित भविष्य देखेरै विदेश पलायन पनि भईसकेका छन् ।
बुधबार मात्रै ए, बी र सी डिभिजन क्लबहरुले आफूहरुले पाउनु पर्ने वक्यौता रकम दिन र अन्य विविध मागसहित एन्फा समक्ष ज्ञापनपत्र पनि बुझाएका थिए ।
भिडियो हेर्नुहोस्ः
- फ्रेण्डस क्लबका पूर्व अध्यक्ष राणाको निधन
- साफ महिला च्याम्पियनसिपका लागि ३५ खेलाडीहरु बन्द प्रशिक्षणमा बोलाइए
- सरकारको योजनाः सातै प्रदेशमा रंगशाला, खेल प्रशासनमा राजनैतिक नियुक्ति खारेज (पत्रसहित)
- विवादबीच प्रक्रिया पूरा गर्दै राष्ट्रिय टोली लाओस प्रस्थान (पत्रसहित)
- नेपाली राष्ट्रिय पुरुष फुटबल टोली लाओस प्रस्थान