
काठमाडौं । विश्व फुटबलको सर्वोच्च संस्था फिफाले निकालेको ताजा वरियतामा नेपाली महिला फुटबल टोलीको वरियता यथावत रहेको छ । फिफाले शुक्रबार निकालेको अगस्त महिनाको ताजा वरियता अनुसार नेपाल १०१औं स्थानमा यथावत रहेको छ । दक्षिण एसियातर्फ भने नेपाल दोस्रो स्थानमा छ ।
त्यस्तै फिफा वरियतामा एक स्थान तल खस्किएको भारत ६१औं स्थानमा छ र दक्षिण एसियातर्फ शिर्ष स्थान मै कायम छ । त्यस्तै १४२औं स्थानमा झरेको बंगलादेश दक्षिण एसियातर्फ तेस्रो स्थानमा छ । १५३औं स्थानमा रहेको श्रीलंका भने दक्षिण एसियातर्फ चौथो स्थानमा छ ।
त्यसैगरी १५७औं स्थानमा रहेको पाकिस्तान दक्षिण एसियातर्फ पाँचौं स्थानमा छ भने १६०औं स्थानमा रहेको माल्दिभ्स र १६९औं स्थानमा रहेको भुटान दक्षिण एसियातर्फ क्रमशः छैठौं र सातौं स्थानमा रहेका छन् ।
एसियातर्फ शिर्ष स्थानमा भने विश्व वरियताको आठौं स्थानमा रहेको जापान छ । ११औं स्थानमा रहेको अष्ट्रेलिया एसियातर्फ दोस्रो स्थानमा छ भने १५औं स्थानमा रहेको चीन एसियाली वरियतातर्फ तेस्रो स्थानमा छ ।
त्यसैगरी विश्व वरियताको शिर्ष स्थानमा भने स्वीडेन छ । भर्खरै विश्व च्याम्पियन बनेको स्पेन दोस्रो स्थानमा रहँदा अमेरिका विश्व वरियताको तेस्रो स्थानमा छ ।
- विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ सेमिफाइनलमा
- मकवानपुर महिला गोल्डकपको सर्वश्रेष्ठ खेलाडीले पाउने पुरस्कार प्रायोजन पूर्व राज्यमन्त्री बानियाँले गर्ने
- बागमती प्रदेश मुख्यमन्त्री कप महिला फुटबल प्रतियोगिता हुँदै
- अन्जनाको नयाँ गन्तव्य एपिएफ
- सातौं मेयर कप महिला फुटबल प्रतियोगिता आजदेखि (खेलतालिकासहित)