काठमाडौं । फिफा विन्डोतर्फ अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल म्याच खेल्न म्यानमार पुगेको नेपाली राष्ट्रिय फुटबल टोलीले सोमबार घरेलु टोली विरुद्धको दोस्रो मैत्रीपूर्ण खेलमा झिनो अन्तरको हार बेहोरेको छ ।
सोमबार यांगोन स्थित थुवुन्ना स्टेडियममा भएको खेलमा नेपालले म्यानमारसँग शून्यका विरुद्ध १ गोलको हार बेहोरेको हो । खेलको अन्तिमतिर ८६औं मिनटमा विन नैङ तुनले गरेको एक मात्र गोल टोलीलाई जित दिलाउन निर्णायक गोल बन्यो ।
स्मरण रहोस, नेपालले म्यानमारसँगै खेलेको पहिलो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल म्याच गोलरहित बराबरीमा टुंगिएको थियो ।
अबको तयारी विश्वकप र एसियन कप छनौट
म्यानमारबाट फर्केपछि अब नेपाली टोलीको ध्यान फिफा विश्वकप र एएफसी एसियन कपको पहिलो चरणको छनौट खेलतर्फ मोडिनेछ ।
नेपालले अक्टुबर १२ र १७ तारीखका दिन होम एण्ड अवेका आधारमा लाओससँग विश्वकप र एसियन कपको पहिलो चरणको छनौट खेल खेल्ने कार्यक्रम छ । नेपाली टोली अब त्यसकै तयारीमा जुट्नेछ ।
- एन्फा अध्यक्ष नेम्वाङ र महासचिव राईलाई पक्राउ गर्न अदालतको आदेश
- भरतले उद्धार मैदानमै लगाए मेजरको फुली
- एनएसजेएफ पल्सर स्पोर्टस अवार्डतर्फ ‘पिपुल्स च्वाईस अवार्ड’ को मनोनयनमा फुटबलकी पूजा
- निलम्बनमा रहेको एन्फाले फिफा कै प्रतियोगिता खेल्न खेलाडी छनौट गर्दै
- आशिष राईको उपचारबारे एन्फा भन्छ, “पूर्ण जिम्मेवार छौं”