News
नेपालको २५ सदस्यीय यु–१९ टोली घोषणा
काठमाडौं । साफ यु–१९ च्याम्पियनसिप खेल्ने तयारीमा रहेको नेपालले त्यसैका लागि २५ सदस्यीय यु–१९ टोली घोषणा गरेको छ । मंगलबार मुख्य प्रशिक्षक सुनिल श्रेष्ठले नेपाली यु–१९ टोलीको २५ सदस्यीय नामावली घोषणा गरेका हुन् ।
स्मरण रहोस, यही सेप्टेम्बर २१ देखि ३० तारीखसम्म दशरथ रंगशालामा हुन गईरहेको साफ यु–१९ च्याम्पियनसिपतर्फ नेपाल समूह ए मा परेको छ । जहाँ नेपालले माल्दिभ्स र पाकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ । त्यस्तै समूह बी मा भारत, भुटान र बंगलादेश रहेका छन् ।
नेपालको २५ सदस्यीय टोली
गोलकिपर्सः जियारथ शेख, रुबिन बोगटी, अमित टमाटा
डिफेन्डर्सः सिमान्त थापा, बिशाल नेपाली, बिक्रम तामाङ, आयुष तिम्सिना, आश्विन घोरासैनी, दिपक थापा मगर, निनसाङ परङदेन (लिम्बु), निशान्त तामाङ, गौरव महर्जन
मिडफिल्डर्सः कुशल देउबा, लक्षु थापा, प्रशान्त लक्षम, अविनाश स्याङ्तन, अनिल भोम्जन, धन सिंह बिक, हरिष राज भट्ट, निरज कार्की, नेल्सन तामाङ
फरवार्डसः समिर तामाङ, निराजन धामी, सुजन डंगोल, सिद्धार्थ अधिकारी
Post Comments
Related News
- मध्यपुर थिमिमा तेस्रो भेट्रान्स फुटबल प्रतियोगिता हुँदै
- एन्फा अध्यक्ष नेम्वाङ र महासचिव राईलाई पक्राउ गर्न अदालतको आदेश
- भरतले उद्धार मैदानमै लगाए मेजरको फुली
- एनएसजेएफ पल्सर स्पोर्टस अवार्डतर्फ ‘पिपुल्स च्वाईस अवार्ड’ को मनोनयनमा फुटबलकी पूजा
- निलम्बनमा रहेको एन्फाले फिफा कै प्रतियोगिता खेल्न खेलाडी छनौट गर्दै