News दोस्रो नागस्वोती भेट्रान्स कप असोज दोस्रो सातादेखि
बिक्रम बानियाँ क्षेत्री

हेटौडा । ‘स्वास्थ्यका लागि खेलकुद’ भन्ने नाराका साथ नागस्वोती भेट्रान्स क्लब, हेटौडा–७, नागस्वोती, मकवानपुरको आयोजनामा आउँदो असोज १६ गतेदेखि दोस्रो नागस्वती भेट्रान्स कप एट ए साईड राष्ट्रिय फुटबल प्रतियोगिता हुने भएको छ ।

शनिबार पत्रकार सम्मेलनको आयोजना गरि प्रतियोगिताबारे जानकारी गराइयो । हेटौंडा–७ स्थित नागस्वोती खेल मैदानमा हुने प्रतियोगिताको आवश्यक तयारी पनि तिव्र पारिएको आयोजक क्लबका अध्यक्ष सोम बहादुर तितुङ्ले बताए । प्रतियोगितामा ४० वर्ष माथि उमेरका खेलाडीहरु रहने गरी कुल १८ टोलीहरुको सहभागिता रहने पनि पत्रकार सम्मेलनमा जानकारी गराइयो ।

प्रतियोगितामा विजेताले उपाधिसहित २ लाख १ हजार हात पार्नेछ भने उपविजेताले १ लाख १ हजार नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । व्यक्तिगत विधातर्फ उत्कृष्ट हुने खेलाडीहरुलाई पनि उचित पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ । प्रतियोगिता सम्पन्न गर्न करिब १६ लाख खर्च हुने पनि आयोजकले जानकारी दियो ।

 

Post Comments